घर पाएपछि सल्यानका अति विपन्न समुदायको मुहारमा छायो खुसी

सल्यान : जनता आवास कार्यक्रमबाट घर पाएपछि सल्यानका अति विपन्न समुदायको मुहारमा खुशी छाएको छ। दैनिक ज्याला मजदुरी गर्दा पनि परिवारको छाक टार्न मुस्किल भएका समुदायलाई जनता आवास कार्यक्रमले घर बनाइ दिएको हो।दलित, विपन्न, सीमान्तकृत र लापोन्मुख समुदायका लागि सल्यानमा चालु आर्थिक वर्ष ५० घर निर्माण गरिएको छ। सकड निर्माणका क्रममा घर भत्किएपछि शारदा नगरपालिका–६ बरलाका रेशम परियारको परिवार एक वर्षदेखि पशु सेवा कार्यालयले निर्माण गरेको पशु संकलन केन्द्रमा बस्दै आइरहेको थियो। सार्वजनिक स्थलमा ए

सम्बन्धित सामग्री

दशैंमा नयाँ घर पाउँदा विपन्न परिवारमा खुसीयाली

तनहुँमा जनता आवास कार्यक्रम अन्तर्गत दुई सय ८६ जना विपन्न परिवारले दशैं नयाँ घरमा मनाउन पाउनुभएको छ । झुप्रोबाट छुटकारा पाई पक्की घरमा चाड मनाउन पाउँदा गरिब परिवारका सदस्यले खुसी भएको बताउनुभएको छ ।

नयाँ घरमा दसैँ मनाउन पाउँदा खुसी छन्, ‘विपन्न समुदाय’

नयाँ घर बनेपछि खुसीले गद्‌गद् छन्, तनहुँ भानु नगरपालिका–४ का गोरे नेपाली । छाप्रोमा बस्दाको समयमा राति जङ्गली जनावरले आक्रमण गर्छ कि भन्ने डरबाट अब  नेपाली मुक्त भएका छन्।‘जनता आवास कार्यक्रम’ अन्तर्गत गण्डकी प्रदेश सरकारले दुई कोठे पक्की घर बनाइ दिएपछि उनको डर र चिन्ता हटेको हो । विगत लामो समयदेखि कच्ची र जोखिम घरमा बस्न बाध्य भएका यहाँका विपन्न समुदायका व्यक्तिको ढिलै भए पनि अनुहारमा खुसी छाएको छ । इँटाको गारो रङ्गीन जस्तापाताले छाएको सुरक्षित घरमा यसपालिको दसैँ मना

पक्की घर पाउने आसमा कच्ची घर भत्काएका दलित समुदाय वर्षाले बिचल्लीमा

मधेस प्रदेश सरकारले जनता आवास र महेन्द्र नारायण निधि आवास योजना अन्तर्गत दलित अति विपन्न समुदायका लागि पक्की घर निर्माण गर्ने योजना ल्याए पनि समयमै काम नहुँदा धनुषाका डुम र मुसहर समुदाय बर्खामा बिचल्लीमा परेका छन् ।सानो फुसको छाप्रोमा बस्दै आएका ती समुदाय पक्की घरमा बस्न पाउने भएपछि खुसी भएका थिए । करिब एक वर्षअघि उनीहरूको छाप्रो भत्काएर मधेस प्रदेश सरकारको योजना अन्तर्गत तीन कोठे पक्की घर बनाउन थालियो ।केही महिनामै नयाँ घर दिने आस्वासन पाएका उनीहरुले बर्खा लागिसक्दा पनि घर पाउन सकेका छैनन् । अस

जनता आवास कार्यक्रमबाट घर निर्माण

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आवासविहीन बनेका घरपरिवारले जनता आवास कार्यक्रमको घर पाउँदा खुसी भएका छन् । सरकारले गरिब, सीमान्तकृत, दलित, लोपोन्मुख र विपन्न मुस्लिम समुदायका लागि घर बनाइदिने कार्यक्रम अनुरुप आवासको व्यवस्था गरिदिँदा खुसी भएका हुन् ।११ वडा रहेको गाउँपालिकामा १९ घरपरिवारका लागि जनता आवास कार्यक्रमअन्तर्गत घर नभएका परिवारका लागि घर निर्माण गरिएको हो । […]

जनता आवास कार्यक्रमबाट घर निर्माण

रुकुम- रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आवासविहीन बनेका घरपरिवारले जनता आवास कार्यक्रमको घर पाउँदा खुसी भएका छन् । सरकारले गरिब, सीमान्तकृत, दलित, लोपोन्मुख र विपन्न मुस्लिम समुदायका लागि घर बनाइदिने कार्यक्रम अनुरुप आवासको व्यवस्था गरिदिँदा खुसी भएका हुन् ।११ वडा रहेको गाउँपालिकामा १९ घरपरिवारका लागि जनता आवास कार्यक्रमअन्तर्गत घर नभएका परिवारका लागि घर निर्माण गरिएको हो […]

विपन्नलाई छानो फेर्न लगाएर सरकारले पैसा पठाएन, ऋण काढेर छानो फेरेकाहरु सकसमा

झापाः ७४ वर्षीय सन्चमान राई फुसको छानो फेरेर बर्खाअघि पानी नचुहिने नयाँ घर बनाएर बस्न पाउँछु भन्दै निक्कै खुसी थिए।इलामको रोङ गाउँपालिका–४ ओझेली टोलका राई मनसुन सुरु हुनुअघिनै फुसले बनाएको खरको झुप्रो भत्काएर जस्तापाता र चित्राले बेर्ने योजनाकासाथ काम सुरु गरे।सरकारले सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत विपन्न तथा असहाय परिवारको पहिचान गरी पराल र खरको छाना घर भएका परिवारलाई ५० हजार दिने भएपछि गाउँपालिकाले उनको नाम छानो फेर्नको सूचीमा दर्ता गरायो।गाउँपालिकाबाट नयाँ घर बनाएबापत ५० हजार आ

जनता आवास कार्यक्रममार्फत सल्यानमा ५० ओटा घर निर्माण

असार १९, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका - ६ भुम्केज्युलाका डिल्ली पुन घरबिहिन थिए । झण्डै एक दशक छिमेकीको घरमा बस्दै आएका उनी अहिले आफ्नै घरमा बस्न थालेका छन् । जग्गा जमीन केही नभएका उनलाई घर निर्माणको लागि जनता आवास कार्यक्रममार्फत रकम प्राप्त भयो ।  सरकारले पैसा दिएर घर बनाइदियो खुसी हुँदै उनले भने ‘एक दशकपछि अहिले आफ्नै नयाँ घरमा बस्न थालेको छु ।’ कालिमाटी गाउँपालिका २ बराढुंगाका मेघराज परियारको नाममा जग्गाजमिन केही छैन ।  ४ जनाको परिवार ज्यालामजदूरी गरेर पाल्दै आएका उनलाई सरकारले घर निर्माणका लागि रकम दियो । ‘हामी गरीब छौँ, तर सरकारले घर बनाउन पैसा दिएकाले घर बनायौँ, राम्रो भयो’ उनले भने । नयाँ घर बनाउन सरकारले दिएको खर्चले घर निर्माण भएपछि खुसी छाएको उनको भनाइ छ । छत्रेश्वरी गाउँपालिका - ५ लेखपोखराकी धनी कामीको पनि घर थिएन । जसोतसो जीवन गुजारा चलाउँदै आएकी उनलाई पनि सरकारले घर निर्माणका लागि रकम दियो र अहिले उनी नयाँ घरमा बस्दै आएकी छिन् । ‘घर नहुँदा समस्या थियो, विपन्न परिवारको लागि कोही छैन, भन्ने मनमा लाग्ने गर्थ्यो तर हाम्रो लागि सरकार रहिछ, २ कोठे घर निर्माण गरिदियो’ उनले भनिन् । उनीहरु तीनजना त प्रतिनिधि पात्र मात्रै हुन्, जनता आवास कार्यक्रम अन्तर्गत आवास निर्माण भएपछि सल्यानका ५० विपन्न परिवार खुसी भएका छन् । दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने सरकारको लक्ष्य अनुसार चालू आर्थिक वर्षमा जिल्लामा ५० ओटा घर निर्माण सम्पन्न भएका हुन् । तीन नगरपालिका र सात गाउँपालिका गरेर १० ओटा स्थानीय तह भएको सल्यानमा प्रत्येक स्थानीय तहमा ५/ ५ ओटाका दरले घर निर्माण भएका हुन् ।  घरविहिन परिवारका लागि संघिय सरकारले जिल्लामा ५० आवास निर्माण गर्न रू. १ करोड ७५ लाख रुपैयाँ पठाएको थियो । सोही बजेटको पुर्वाधार विकास कार्यालय सल्यानले कार्यान्वयन गरेको हो । सोही रकमबाट घर निर्माण सम्पन्न भएको कार्यालयका प्रमुख बिनोद पुनले जानकारी दिए ।  उनका अनुसार घर निर्माणका लागि प्रत्येक परिवारले अधिकतम ३ लाख ३६ हजार रुपैयाँ प्राप्त गरेका छन् । ‘यसवर्ष जिल्लामा ५० ओटा आवास निर्माण भएका छन्, जनता आवास कार्यक्रमको कार्यविधि अनुसार रकम भुक्तानी भइरहेको छ, बाँकी रकम भुक्तानीको प्रक्रियामा रहेको छ’ उनले भने ‘यसवर्ष जनता आवासको रकम केही अपुग हुनेभयो, हामीले मन्त्रालयसँग बजेट माग गरेका छौँ ।’ आवासका लागि दुई कक्षसहितको जस्ताले छाएको घर र शौचालय निर्माण गरिएको छ । कार्यालयका असिस्टेन्ट सव इन्जिनियर महेश कुमार वलीले आवास निर्माण कार्यक्रम लोकप्रिय रहेको बताए ।  यो लक्षित समुदायसम्म पुग्ने कार्यक्रम भएकाले उनीहरु पनि खुसी भएको वलीको भनाइ छ । जिल्लामा आवास निर्माणका लागि सयौँ परिवारले माग गरेको पुर्वाधार विकास कार्यालय सल्यानले जानकारी दिएको छ ।

अतिविपन्न परिवारलाई घर हस्तान्तरण

जुम्ला– सन्ध्या फाउण्डेसन जुम्लाले दुई विपन्न परिवारको आवास निर्माण गरी हस्तान्तरण गरेको छ । फाउण्डेसनले चन्दननाथ नगरपालिका– १ रानारावत गाउँका विपन्न व्यक्ति ७१ वर्षीय लालबहादुर रावत र ५६ वर्षीय हनुमाने रावतको आवास निर्माण गरी बुधबार हस्तान्तरण गरेको हो ।वर्षौंदेखि भत्केको घरमा बस्दै आएका दुई विपन्न परिवारले नयाँ घर पाउँदा निकै खुसी भएका छन् । लालबहादुर […]

घर पाएसँगै सीमान्तकृत समुदाय खुसी

छाप्राको बासमा ओत लाग्दै आएका दलितले घर पाएसँगै खुसी भएका छन् । आर्थिक रूपले विपन्न, लोपोन्मुख, दलित र सीमान्तकृत समुदायका लागि तेह्रथुममा धमाधम घर निर्माण भइरहेका छन् । सरकारको जनता आवास कार्यक्रम अन्तर्गत तेह्रथुम जिल्लाको विभिन्न दलित बस्तीमा ४३ वटा घर निर्माण भएका छन् ।

पक्की घर पाएपछि विपन्न परिवारमा खुसी

घर नहुँदा झुप्रोमा कष्टपूर्ण जीवन निर्वाह गरिरहनुभएका बन्दीपुर गाउँपालिका–४, विमलनगर निवासी सूर्यबहादुर नेपाली पक्की घर पाएपछि खुसी हुनुभएको छ । सोही ठाउँ निवासी समाजसेवी सीता थापाको सक्रियतामा घर निर्माण गरी नेपालीलाई हस्तान्तर गरिएको हो । सीताको नेतृत्वमा विभिन्न व्यक्तिबाट सहयोग जुटाएर दुईकोठे पक्की घर बनाइएको छ । विभिन्न समूह र व्यक्तिबाट एक लाख २३ हजार रुपियाँ नगद सङ्कलन गरी सिमेन्ट, ढुङ्गा, बालुवा, जस्तापाता खरिद गरी बाँकी स्थानीयवासीबाट श्रमदान गरी सो घर निर्माण गरिएको हो ।