सल्यान : सल्यानबाट हराएका भनिएका अधिकांश महिलाहरू दोस्रो विवाह गरी बसेको अवस्थामा फेला परेका छन्। जिल्लाका प्रहरी प्रमुख गोविन्द थापाका अनुसार हराएका अधिकांश महिलाले दोस्रो विवाह गर्ने गरेको पाइएको हो। उनले भने, ‘घर-परिवारले हराएको खबर गर्छन्। खोजबिन गर्दै जाँदा अर्कैसँग विवाह गरेर बसेको पाइएको छ।’ सल्यानमा चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो ६ महिनामा ६२ महिला, पुरुष तथा बालबालिका हराएका छन्। हराएकामध्ये अझै २० जना सम्पर्कविहीन रहेको प्रहरीले