राष्ट्रिय युवा संघ नेपालले मनाङका बाढी तथा पहिरोबाट प्रभावित समुदायलाई १५ लाख रुपैयाँभन्दा बढिको नगद तथा जिन्सी राहत वितरण गर्ने भएको छ ।
राहत सामग्रीहरुमा चामल, तेल, दाल, नुन, लत्ता कपडा, चाउचाउ, बिस्कुट, त्रिपाल, ब्याङ्केट लगायत रहेका छन्।
हत वितरणको लागि संघका केन्द्रीय अध्यक्ष किरण पौडेल सहितको केन्द्रीय टोली मनाङ तर्फ लागिसकेको युवा संघले जनाएको छ ।
टोलीमा उपाध्यक्षहरू अमित लामा, क्षितिज थेवे महासचिव रमेश आचार्य उपमहासचिव रामजी सापकोटा लगायत केन्द्रीय सचिव, स्थायी कमिटी स...