मुसापछि बिरालोको 'कब्जा'मा विद्युत प्राधिकरण: उपत्यकामा सोमवार एकैपटक कसरी गयो बिजुली ?

सोमवार साँझ काठमाडौं उपत्यकाका मुख्य क्षेत्रमा एक्कासि बत्ती गयो ।  साँझ ५ः१० बजे अख्तियार, प्रहरी मुख्यालय, बालुवाटार, प्रधानमन्त्री तथा सभामुख निवास लगायतका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको थियो । लैनचौर, ठमेल, दरबारमार्ग, नारायणहीटी संग्रहालय, गैरीधारा फिडरहरूमार्फत् प्रवाह हुने विद्युत आपूर्ति रोकिएपछि सबैको ध्यान त्यता खिचियो ।  सोमवार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विद्युत् किन बढी जान थालेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणसँग प्रश्न गरेको थियो । छलफलपछि...

सम्बन्धित सामग्री

विद्युत प्राधिकरणले काटिदियो गण्डकीको भौतिक मन्त्रालयको बिजुली

१९ कात्तिक, पोखरा । गण्डकी प्रदेश सरकार भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको बिजुली आपूर्तिको लाइन काटिएको छ । विद्युत महसुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले आइतबार बिहान मन्त्रालयको बिजुली आपूर्ति बन्द गरिदिएको हो । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका अनुसार मन्त्रालयले ४ महिनादेखि महसुल तिरेको छैन । पटकपटक ताकेता गर्दा पनि […]

सबै घरमा बिजुली पुर्‍याइने

चालु आर्थिक वर्षमा शतप्रतिशत घरमा बिजुली बत्तीको पहुँच पुर्‍याउने लक्ष्यसहित नेपाल विद्युत प्राधिकरण धादिङ केन्द्रले काम सुरु गरेको छ । अघिल्लो आब २०७९/८० सम्ममा घरेलु प्रयोजनको लागि ६३ हजार मिटर जडान गरिसकेको धादिङ केन्द्रका प्रमुख माधव न्यौपानेले बताए । बाँकी १० प्रतिशत घरमा विद्युतिकरण गर्न टेण्डरमार्फत काम गर्न भइरहेको छ । आव २०८०/८१ को अन्तसम्ममा […]

बिजुलीमा नाफा : महसुल घट्ने आशा, लगानी थप्ने योजनामा प्राधिकरण

बिजुली निर्यातसँगै विद्युत प्राधिकरणको नाफा ठूलो दरमा बढ्न थालेपछि विद्युत महसुल घटाउन माग भइरहेको छ । तर, नेपाल विद्युत प्राधिकरण जलविद्युत आयोजना र वितरण तथा प्रसारण पूर्वाधारको निर्माण, विस्तार र सुधारमा ठूलो लगानी गर्नुपर्ने भएकाले अहिले नै महसुल पुनरावलोकन गर्न नहुने पक्षमा छ ।

लक्ष्मीपूजामा कुलमानको आह्वान : जतिसक्दो बढी बिजुली खपत गरौं

७ कात्तिक, काठमाडौं । आज लक्ष्मीपूजा, बेलुकी झिलिमिली बनाउन अधिकांश घरमा फूल बत्ती सजाइँदैछ । नेपाल विद्युत प्राधिकरण भने ‘उज्यालो’को पर्व भएकाले आज कुनैपनि हालतमा कुनै क्षेत्रमा पनि बत्ती नजाओस् व्यवस्था गर्न विभिन्न कामको चटारोमा व्यस्त छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण विभाग प्रमुख मनोज सिलवालसहितको टोली दिउँसैदेखि काठमाडौंका विभिन्न सबस्टेसन र वितरण […]

रुकुम पूर्वका दुर्गम गाउँमा बिजुली पुग्दै

रुकुम (पूर्व) : जिल्लाका दुर्गम गाउँहरूमा पनि केन्द्रीय प्रशारण लाइनको बिजुली पुग्दै छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रुकुम पूर्वले जिल्लाको दुर्गम गाउँहरूमा विद्युत् लैजान काम तीव्र बनाएको छ।२०७६ असोजमा नेपाल विद्युत प्राधिकरणले रुकुम पूर्वको लागि वितरण केन्द्र सिस्ने गाउँपालिका–५ रुकुमकोटमा कार्यालय स्थापना गरेको थियो। त्यसयता ग्रामीण समुदायको बाहुल्यता रहेको रुकुम पूर्वका लागि केन्द्रीय प्रशारण लाइन विस्तार गरिराखेको छ।नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले विद्युत् जिल्लाको द

कर्णाली प्रदेशको ५ जिल्लामा डेढ वर्षभित्र पुग्छः विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशका ५ वटा जिल्लामा डेढ वर्षभित्र विद्युत पुग्ने बताएको छ । प्राधिकरणले आज एक विज्ञप्ती निकाल्दै कर्णाली प्रदेशका जुम्ला, मुगु, कालिकोट, हुम्ला र डोल्पा जिल्लामा डेढ वर्ष भित्र बिजुली पुग्ने बताएको हो ।जुम्लामा विद्युत पुर्याउन ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै, कालिकोटमा बिजुली पुर्याउन ४ करोड ५० लाख रुपैयाँ, हुम्लामा ६ करोड, डोल्पामा ४ करोड, मुगुमा ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको प्राधिकरणले जनाएको छ ।‘साविकको कर्णाली अञ्च

निजी क्षेत्रले एक स्वरमा भन्यो : बिजुली दिन नसक्ने भए लोडसेडिङको तालिका देऊ

१८ चैत, काठमाडौं । नेपालको निजी क्षेत्रका छाता संगठनले नेपाल विद्युत प्राधिकरण समक्ष नियमित विद्युत् आपूर्ति गर्न नसक्ने भए लोडसेडिङको तालिका दिन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले शुक्रबार एक संयुक्त विज्ञप्ती निकाल्दै यस्तो माग गरेका हुन् । विद्युतको नियमित आपूर्ति सुरु भएसँगै उत्साहित भएका […]

‘लोडसेडिङ तालिका’ बनाउँदै विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा आवश्यक बिजुली दिन नसक्दा भैरहवा र लुम्बिनी क्षेत्रका उद्योगहरु समस्यामा परेका छन् । बेला बेलामा बिजुली आउने जाने हुँदा उद्योगहरुले हरेक दिन अर्बौ रुपैयाँ घाटा ब्यहोर्नु परेको पञ्चकन्या स्टिलका महाप्रवन्धक देवेन्द्र शाहले बताए ।उनका अनुसार आज सोमबार बिहान ४ बजेदेखि ६ बजेको अवधिमा ६ पटक विद्युत कटौती भयो । एक पटक विद्युत काटेर केही मिनेटको अन्तरमा बिजुली छोडिँदा पनि ५ लाख बढी घाटा हुन्छ । आउने जाने समस्या दिनुभन्दा तालिका नै दिए हुन्थ्यो भन्ने आफूहरुको माग रहेको शाहले बताए ।‘हरेक दिन १२ घण्टा लाइन काटिन्छ’घरानाँ फुड्सका प्रवन्धक विकास गोयन्काका अनुसार औपचारिक रुपमा लिखित तालिका नआएपनि हरेक दिन १२ घण्टा विद्युत कटौती हुने गरेको छ । घोषित रुपमा नभई प्राधिकरणले अघोषित रुपमा यसो गर्दा आफूहरुलाई मर्का परिररहेको उनको गुनासो छ ।‘बेलुका ६ बजेपछि घडी हेरेरै काटिन्छ, अनि प्राधिकरणमा फोन गरेर सोध्दा अब भोली बिहान ५/६ बजेतिर मात्रै आउँछ भन्ने जानकारी गराइन्छ’ गोयन्का भन्छन्, ‘बेलुका ६ बजे ट्याक्क गएको बत्ती बिहान कहिले ५ः५० तिर, कहिले ६ बजेतिर आउँछ ।’विगत ६ दिनदेखि समस्या आएको भएपनि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरेको दिन चैत १० गते बिहिबार भने २२ घण्टा बिजुली दिईएको थियो । ‘३ दिन पूरै अन्धकार नै भयो’ गोयन्काले थपे, ‘कुलमान सरले पत्रकार सम्मेलन गरेर अब समस्या आउँदैन भनेको दिन २२ घण्टा बिजुली दिईएको थियो, तर त्यसपछि फेरि अहिले १२ घण्टा काट्न थालिएको छ ।’यो क्षेत्र प्राधिकरणको भैरहवा वितरण केन्द्र अन्तर्गत पर्छ । गोयन्काको घराना फुड्स उद्योग भैरहवाको अञ्चलपूर भन्ने ठाउँमा छ ।१२ घण्टा लोडसेडिङको तालिका बनाउँदै प्राधिकरणअहिलेसम्म प्राधिकरणले उद्योगहरुमा कुनै जानकारी नै नदिई बिजुली काटौती गर्दै आएको छ । उद्योगीहरुले औपचारिक तालिका माग गर्दा प्राधिकरणको सम्बन्धित वितरण केन्द्रका कर्मचारीले ‘माथिबाट तालिका दिने आदेश छैन’ भन्ने जवाफ दिने गरेका छन् ।तर, मणिग्राम र भैरहवा वितरण केन्द्रका विशेष स्रोतले भने प्राधिकरणको केन्द्रीय कार्यालयले लोडसेडिङ तालिका बनाउन सुरु गरिसकेको छ ।यसअघिःप्राधिकरणले सुरु गर्‍यो लोडसेडिङ, कुलमानले बिजुली दिन नसक्दा देशैभरका उद्योग बन्द‘औपचारिक रुपमा यति घण्टा बिजुली कटौती हुन्छ भनेर अहिलेसम्म कुनै पनि उद्योगमा भनिएको छैन’ स्रोत भन्छ, ‘दैनिक १२ घण्टा बिजुली कटौती गर्ने गरी तालिका बन्दैछ भन्ने जानकारी छ । तर, देश नै लोडसेडिङमुक्त भएको घोषणा भईसकेकाले फेरि लोडसेडिङ तालिका भन्दा त्यति राम्रो सन्देश नजाने भएकाले लोडसेडिङको सट्टा अरु नै केही लेखेर तालिका दिने तयारी छ ।’अहिले भैरहवासहित वीरगञ्ज, विराटनगर, हेटौँडा लगायतका क्षेत्रका उद्योगहरुमा पनि बिजुली काटौती हुने गरेको छ ।के भन्छ प्राधिकरण ?प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराई लोडसेडिङ तालिका नै भनेर नभनिएको तर भारतबाट बिजुली नआउँदा जति समय पनि बिजुली कटौती गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । ‘हामीले भारु २० मा बिड गर्दा पनि पाएका छैनौँ, ३ सय मेगावाट माग गर्दा २०/३० मेगावाट मात्रै मुस्किलले पाईरहेको अवस्था छ’ उनले भने, ‘हाई रेटमा बिड हालिरहेका छौँ, तैपनि पाएका छैनौँ, पाउँदा उद्योगलाई बिजुली दिन सक्छौँ, नपाउँदा सक्दैनौँ, अहिलेको समस्या यहीँ हो ।’भारतबाट दिउँसो बिजुली आईरहेपनि बेलुका भने दिन नसकिरहेको उनको भनाई छ । ‘भारतमा समस्या समाधान भएन भने हामीले बिजुली पाउन सक्दैनौँ’ उनी थप्छन्, ‘यति नै घण्टा बिजुली काटिन्छ भन्ने हुँदैन, कहिले ९ घण्टा काटिन सक्छ, कहिले १२ घण्टा काटिन सक्छ, कहिले १५ घण्टा पनि काट्नुपर्ने हुन्छ, कम्तीमा १ महिना यहीँ रेसियो रहन्छ ।’

विद्युत प्राधिकरणको ध्यान ‘पम्प स्टोरेज’ जलविद्युत् आयोजनामा

१४ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरण पम्प स्टोरेज आयोजना पनि बनाउनतर्फ उन्मुख भएको भएको छ । खेर जाने पानीलाई जलाशयमा भरेर माथिल्लो भागमा रहेको जलाशयमा विद्युतीय पम्पमार्फत पठाएर बिजुली निकाल्न यस्तो आयोजना बनाइन्छ । प्राधिकरणले अहिले कास्कीको पोखरा महानगरस्थित बेगनास तालमा पम्प स्टोरेज आयोजना बनाउन सम्भाब्यता अध्ययन गरिरहेको छ । अब कुलेखानी जलविद्युत आयोजनामा […]

कुनै पनि हालतमा लोडसेडिङ हुँदैन - विद्युत प्राधिकरण

काठमाण्डाै – नेपाल विद्युत प्राधिकरणले अब कुनै पनि हालतमा लोडसेडिङ नहुने जनाएको छ ।पछिल्ला केहि दिन लगातार बत्ति जान थालेपछि उपभोक्ता लोडसेडिङको डरमा रहेका बेला प्राधिकरणले विज्ञप्तीमार्फत प्राविधिक समस्याले गर्दा केहि ठाउँमा बत्ति गएको र समस्या समाधान भइसकेको दाबी गरेको छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको उत्पादनले नपुगेको बिजुली भारतबाट आयात भइरहेकाले लोडसेडिङ नभएको र अब पनि नहुनेमा ढुक्क रहन प्राधिकरणले आग्रह गरेको छ ।विभिन्न विकास निर्माणका काम गर्दा पोल सार्नुपर्ने, ट्रान्सफर्मर परिवर्तन गर्नुपर्ने र ...