नेपाल वायु सेवा निगमको महाप्रबन्धक डीम प्रकाश पौडेल मन्त्रालयमा तानिएका छन् ।
कात्तिक ८ गतेको मन्त्रीस्तरीय निर्णयले उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा तानेको हो ।
पौडेललाई मन्त्रालयमा नागरिक उड्डयनको विज्ञका रुपमा काम गर्ने गरी निगमको जिम्मेवारीबाट मन्त्रालयमा हाजिर गराइएको हो ।
नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्षका रुपमा युवराज अधिकारी नियुक्त भएपछि पौडेल भूमिका विहिन भएका थिए ।