नेपाल एयरलाइन्सको जापानमा चौथो चार्टर्ड उडान

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आज जापानको नारितामा चौथोपटक चार्टर्ड उडान गर्दैछ । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली लैजान नेपालस्थित जापानी दूतावासले निगमको बाइडबडी जहाज चार्टर्ड गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज राति ९ः०० बजे निगमको वाइडबडी जहाज नारिता अन्तर्राष्ट्रिय विमानस्थलका लागि चार्टर्ड उडान गर्ने तालिका रहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो । बन्दाबन्दीमा निगमको नारिताका लागि यो चौथोपटकको चार्टर्ड उडान हो । यसअघि जेठ ९ गते निगमको वाइडबडी जहाजले १९७ नेपालीसहित जम्मा २६८ यात्रु लिएर वाइडबडी जहाज नारिता गएको थियो । जसमध्ये १९७ नेपाली छन् । उनीहरु जापानमा बसोबास गर्छन् ।

सम्बन्धित सामग्री

पोखराबाट अन्तर्राष्ट्रिय दोस्रो चार्टर्ड उडान

पोखरा– भुटानको रोयल भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार चार्टर्ड उडान गरेको छ । विमानस्थल सञ्चालनमा आएयता पोखराबाट यो दोस्रो चार्टर्ड उडान हो । गत पुस १७ गते अंग्रेजी नयाँ वर्षको पहिलो दिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको थियो । त्यसपछि चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो […]

पोखराबाट चीनका विभिन्न शहरमा चार्टर्ड उडान हुने

पोखरा : पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न शहरमा चार्टर्ड उडान हुने भएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न शहरमा चार्टर्ड उडान शुरु हुने बताए।नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका अवसरमा पर्यटनमन्त्री किरातीले यस्तो जानकारी दिएका हुन्। ‘जुन २३ तारिखदेखि पोखराबाट चीनका विभिन्न शहरमा चार्टर्ड उडान गर्दैछौँ, हिजोमात्रै अन्तिम कुराकानी गरेका छौँ,

युगाण्डा जाने चार्टर्ड उडान रद्द

काठमाडाैं । युगाण्डा जाने चार्टर्ड उडान रद्द भएकाे छ । नेपाल वायुसेवा निगम र नेपाली सेनाबीच द्विपक्षीय सहमतिअनुसार संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न देशहरुमा शान्ति स्थापनार्थ खटिई लैजाने क्रममा युगाण्डा जाने चार्टर्ड उडान रद्द भएकाे हाे । निगमका प्रवक्ता रमेश पाैडेलले युगाण्डा जाने चार्टर्ड उडान रद्द भएकाे पुष्टि गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘अफ्रिकी मुलुक युगाण्डा जाने चार्टर्ड […]

आज देशभरको आन्तरिक उडान बन्द, चार्टर्ड उडान मात्रै हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ ।

आइतबार चार्टर्ड उडान मात्रै

काठमाडौँ : प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन मुलुकको घरेलु उडान नहुने भएको छ।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आइतबार तारा एयरले चारवटा चार्टर्ड उडानका लागि अनुमति लिएको छ। तारा एयरले लुक्लाबाट काठमाडौँ पर्यटक ल्याउनका लागि चार्टर्ड उडान गर्ने जनाइएको छ।हेलिकप्टरको पनि केही उद्धार उडान हुने विमानस्थलले जनाएको छ। अन्तरराष्ट्रियतर्फ भने नियमित उडान हुने विमानस्थलका

आइतबार चार्टर्ड उडान मात्रै

काठमाडौँ – प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन मुलुकको आन्तरिक उडान नहुने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आइतबार तारा एयरले चार वटा चार्टर्ड उडानका लागि अनुमति लिएको छ। तारा एयरले लुक्लाबाट काठमाडौँ पर्यटक ल्याउनका लागि चार्टर्ड उडान गर्ने जनाइएको छ। हेलिकप्टरको […]

आइतबार चार्टर्ड उडान मात्रै हुने

काठमाडौँ – प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन मुलुकको आन्तरिक उडान नहुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आइतबार तारा एयरले चार वटा चार्टर्ड उडानका लागि अनुमति लिएको छ । तारा एयरले लुक्लाबाट काठमाडौँ पर्यटक ल्याउनका लागि चार्टर्ड उडान गर्ने […]

आइतबार चार्टर्ड उडान मात्रै

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन मुलुकको आन्तरिक उडान नहुने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ।...

अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाबाट मात्रै गर्नुपर्ने

काठमाण्डाै - नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ । प्राधिकरणकाअनुसार कुटनीतिक चार्टर्ड उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन् । गएको जेठ २ गतेदेखि सञ्चालनमा आएको भैरहवा विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा ल्याउनको लागि प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका अरु सबै चार्टर्ड उडानमा प्रतिबन्ध लगाएको हो । प्राधिकरणले हिजोदेखि लागू गरेको हिउँदे उडान तालिका अनुसार चार्टर्ड ...

तारा एयरको नेपालगञ्ज–पोखरा चार्टर्ड उडान सुरु

यती एयरलाइन्सको भगिनी कम्पनी तारा एयरले पनि नेपालगञ्ज–पोखरा चार्टर्ड उडान सुरु गरेको छ।