काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभाका सांसद राजेन्द्रप्रसाद लिङदेनले पछिल्लो समय देशको परराष्ट्र सम्बन्ध कमजोर भएको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।
अध्यक्ष लिङदेनले पछिल्लो दिनमा सहायताको नाममा, विकासको नाममा, सांस्कृतिक क्षेत्रमा भईरहेको अतिक्रमणले देशको परराष्ट्र नीति चिन्ताजनक अवस्थामा पुगेको बताउनुभएको हो । उहाँले सबै दलहरुसँग परामर्श गरेर तत्काल साझा धारणासहितको परराष्ट्र नीति बनाउन सरकारसँग आग्रह समेत गर्नु भयो ।
पृथ्वीनारायण शाहका दिव्यउपदेशलाई अनुशरण गरेर अघि बढ्न सके...