खानेतेलको मूल्यमा मनपरी वृद्धि, सरकार भन्छ– अध्ययन गर्दैछौँ !

खाने तेलका उत्पादकहरुले तेलको मूल्य फेरि मनलाग्दी बढाएका छन् । एक महिनाअघि प्रतिलिटर ३५ रुपैयाँसम्म घटेको खानेतेल उद्योगीहरुले फेरि मनपरी मूल्य राखेर बजारमा पठाउन थालेका हुन् । उपभोक्ताहरू मूल्यवृद्धिको मारमा परिरहे पनि सरकारी निकायले यसमाथि कुनै अनुगमन वा कारवाही अघि बढाएको छैन ।पछिल्लो एकसाताको अवधिमा खानेतेलको मूल्यमा अस्वभाविक वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसलाई नजिकबाट नियालिरहेको बताएको छ । विभागका प्रवक्ता शिवराज सेढाईंले मूल्यवृद्धिको विषयलाई आफूहरुले नियालिर