मूल्य र गुणस्तरमा मनपरी, छैन बजार अनुगमन

रौतहट। रौतहटमा बजार अनुगमन नहुँदा दैनिक उपभोग्य खाद्यान्न सामग्रीको मूल्यवृृद्धि र कालोबजारी हुन थालेको छ । हरियो तरकारी, फलफूल, दूधजन्य पदार्थ, माछामासु लगायत दैनिक उपभोग्य सामग्रीमा मूल्यवृद्धि तथा कालोबजारी हुने गरेको हो । बजारमा कृत्रिम अभाव देखाउँदै कतिपय व्यापारी तथा व्यवसायीले चर्को मूल्यवृद्धि, मिसावट, कम तौल, म्याद नाघेको तथा सडेगलेका सामान विक्री गर्ने गरेको उपभोक्ता हित संरक्षण मञ्च, रौतहटका अध्यक्ष टीका घिमिरेले बताए । केही दिनअघि ‘मुनड्रप्स’ नामक पानीको बोतलमा दूषित पदार्थ भेटिएको उनले बताए । मुन बेभरेज इण्डष्ट्रिज प्रालि चन्द्रपुर–५ को उत्पादन रहेको पिउने पानीको बोतलमा हरियो लेउ तथा फोहोर लेदो भेटिएको उनको भनाइ छ ।  रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले पानीमा दूषित पदार्थ भेटिएको जानकारी जिल्ला प्रशासन कार्यालयमा आएको बताए । उपभोग्य पदार्थ मिसावट र कम गुणस्तरको पाइए त्यसको नमूना परीक्षण गरी दोषी प्रमाणित भए कम्पनीमाथि कारबाही गरिने उनको भनाइ छ । बजारमा हरियो तरकारी तथा फलफूलमा मूल्यवृद्धि भएको छ भने मिष्ठान्न पसलमा हानिकारक रङ मिसावट गरी विक्री हुने गरेको मञ्चका अध्यक्ष घिमिरेको आरोप छ । ‘गतवर्ष गरिएको बजार अनुगमनका क्रममा मापदण्ड अनुसार चल्न सचेत गराइएको थियो तर, पछिल्लो समय बजार अनुगमन भएको छैन,’ उनले भने । संघीय संरचनासँगै बजार अनुगमनको दायित्व प्रदेश तथा पालिकालाई दिइएको छ, तर कार्यान्वयन नभएको उनको भनाइ छ । ‘पालिकामा बजार व्यवस्थापन, अनुगमन, नियमन र व्यवस्थापनको जिम्मा प्रदेश तथा पालिकाको हो । तर बजार अनुगमनमा सबै गैरजिम्मेवार देखिए,’ उनले भने । चन्द्रनिगाहपुर सरकारी अस्पतालका प्रमुख अभिनन्दन श्रीवास्तवका अनुसार अस्पतालमा अखाद्य वस्तु अर्थात फुड प्वाइजनका दैनिक २ देखि ३ जना बिरामी आउने गरेका छन् । चन्द्रपुर नगरपालिकाका उपप्रमुख जयमाला चौधरीले उपभोक्ताबाट खाद्यान्नमा मिसावट, दूषित पानी, बाख्राको मासु विक्री गरेको लगायत गुनासो आउने गरेको बताइन् । पालिकाले तत्काल अनुगमनको कार्ययोजना बनाउने उनको भनाइ छ । 

सम्बन्धित सामग्री

रुपन्देहीमा बजार अनुगमन सुरु

भैरहवा– चाडपर्वसँगै रुपन्देहीमा बजार अनुगमन सुरु भएको छ । वर्षभरि नियमित रूपमा हुनुपर्ने बजार अनुगमन मौसमी रूपमा मात्रै हुँदा रुपन्देहीका आम उपभोक्ता वर्षैभरि नजानिँदो किसिमले गुणस्तरहीन खाद्यवस्तु प्रयोग गर्न बाध्य भएका छन् । नियमित रूपमा हुनुपर्ने बजार अनुगमन हुन नसक्दा त्यसको असर आम उपभोक्तामा परेको छ । रुपन्देहीका ठूला सहरका रूपमा रहेका भैरहवा, बुटवल, तिलोत्तमालगायतका […]

बजार अनुगमन नहुँदा ठगिँदै उपभोक्ता

वीरगञ्ज – पछिल्लो केही समयदेखि बजार अनुगमन नहुँदा उपभोक्ताहरु मारमा परेका छन्। नियमित बजार अनुगमन नहुँदा उपभोक्ताहरु अखाद्यवस्तुसमेत खरिद गर्न बाध्य भएका छन् भने कतिपय उपभोक्ताहरु ठगिनेसमेत गरेका छन्। बजार अनुगमनको अभावमा बजारमा भएका दैनिक उपभोग्य सामानहरुदेखि लिएर अन्य सामानहरुको पनि व्यापारीहरुले मनोमानी तरिकाले मूल्य निर्धारण गर्ने गरेका छन्। जसका कारणले उपभोक्ताहरु मारमा परेका छन्। […]

इस्मामा बजार अनुगमन

गुल्मीको इस्मा गाउँपालिकाले अभियानको रुपमा बजार अनुगमन सुरु गरेको छ । उपभोक्ताको हितमा सचेत हुँदै गाउँपालिकाले बजार अनुगमन अभियानका रुपमा सुरु गरेको हो ।गाउँपालिकाका कर्मचारी तुल्सीबहादुर थापाको नेतृत्वमा अन्य कर्मचारी, पत्रकार, प्रहरी र नगर प्रहरीलगायतको समूहले गाउँपालिकाका विभिन्न स्थानमा रहेका पसलमा अनुगमन गरेको हो । टोलीका प्रमुख थापाका अनुसार उपभोक्ताको हितका लागि व्यवसायीलाई सचेत गराउने […]

चाडपर्व लक्षित बजार अनुगमन

सोमबार दसैँ,तिहार,छठजस्ता महान पर्वलाई लक्षित गरी जिल्लाका बजार अनुगमन थालेको हो। जिल्ला प्रशासन कार्यालय कालिकोट,खाँडाचक्र नगरपालिका,घरेलु तथा साना उद्योग कार्यलय,उद्योग वाणिज्य संघ कालिकोटलगाएतले संयुक्त रुपमा बजार अनुगमन गरेका हुन्।...

इस्मामा बजार अनुगमन

गुल्मीको इस्मा गाउँपालिकाले अभियानको रुपमा बजार अनुगमन सुरु गरेको छ । उपभोक्ताको हितमा सचेत हुँदै गाउँपालिकाले बजार अनुगमन अभियानका रुपमा सुरु गरेको हो ।गाउँपालिकाका कर्मचारी तुल्सीबहादुर थापाको नेतृत्वमा अन्य कर्मचारी, पत्रकार, प्रहरी र नगर प्रहरीलगायतको समूहले गाउँपालिकाका विभिन्न स्थानमा रहेका पसलमा अनुगमन गरेको हो । टोलीका प्रमुख थापाका अनुसार उपभोक्ताको हितका लागि व्यवसायीलाई सचेत गराउने […]

महानगरले थाल्यो बजार अनुगमन

विराटनगरमा प्राय दशैं र तिहारको मुखमा बजार अनुगमन हुने गरेको छ। बजार अनुगमन महानगरपालिकाकी उपप्रमुखको नेतृत्वमा हुने गरेको र अनुगमन गर्दा खाद्यान्न पसल मात्रै गर्ने गरिएको छ।...

बैतडीमा शुरु भयो बजार अनुगमन

बैतडी : बैतडीमा बजार अनुगमन शुरु भएको छ। सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएका बेला बैतडीमा बजार अनुगमन हुन सकेको थिएन।जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा संयुक्त रुपमा प्रत्येक महिना गरिने अनुगमन गर्ने भनिए पनि दुई महिनासम्म अनुगमन भएको थिएन। उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन गत जेठपछि भएको थिएन।चाडपर्व नजिकिएका बेलासमेत बजार अनुगमन नहुँदा कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेको उपभोक्ताको गुनासो थियो।अ

सरकारले देशव्यापी बजार अनुगमन गर्छ : उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले महँगी नियन्त्रणका लागि सरकारले देशव्यापी बजार अनुगमन गर्ने बताएका छन् । बुधबार वाणिज्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्न लागेको बताएका हुन् । उनले सरकारले संघ, प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्र परिचालन गरेर बजार अनुगमन प्रभावकारी बनाउने […]

बैतडीमा बजार अनुगमन तीव्र, निषेधाज्ञामा ११ पटक बजार अनुगमन

बैतडी : निषेधाज्ञाको समयमा बजारमा महँगी बढेको भन्दै उपभोक्ताको गुनासो आउन थालेपछि बैतडीमा बजार अनुगमन कार्यलाई तीव्र पारिएको छ। महामारीको बेला कालोबजारी नहोस् भनेर जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन कार्यलाई तीव्रता दिएको जनाएको छ। निषेधाज्ञाको अवधिमा हालसम्म ११ पटक बजार अनुगमन गरिएको छ। जिल्लामा गत वैशाख २० गतेदेखि निषेधाज्ञा जारी छ। निषेधाज्ञामा कालोबजारी भएको गुनासो आएपछि  जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन सुरु गरिएको थियो। हालसम्म

निषेधाज्ञाबीच बजार अनुगमन

भक्तपुरमा निषेधाज्ञामा पनि बजार अनुगमन रोकिएको छैन। नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सोमबार व्यासीमा ६ वटा पसल अनुगमन गरिएको छ।...