काठमाडौ । यू–१९ नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मलेसियामा आज भएको सेमिफाइनलमा नेपालले जापानलाई डकवर्थ लेविस पद्धतिमा एक सय ४४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नेपाल फाइनलमा पुगेसँगै पाकिस्तानमा हुने यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि पनि छनोट भएको छ ।
नेपाल २५ ओभरमा २ विकेट गुमाएर एक सय ४० रनको स्थितिमा रहँदा खेल वर्षाले प्रभावित भएको थियो । लामो समयसम्म वर्षाले खेल प्रभावित भएपछि निर्धारित ५० ओभरको खेललाई छोट्याएर २२ ओभरमा झारिएको थियो, जसमा जापानले २२ ओभरमा जितका लागि १८७ रनको लक्ष्य पाएको थियो । जवाफमा जापान ११ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४३ रनमा समेटियो ।
नेपालका लागि हेमन्त धामी र दीपेश कँडेलले समान ३–३ विकेट लिए भने सुभाष भण्डारीले २ तथा आकाश चन्दले १ विकेट हात पारे । त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाएर एक सय ४० रनको योगफल बनाएको थियो ।
नेपालका लागि दीपक बोहोराले ७९ रन जोडे । उनले ७० बलमा १० चौका र २ छक्काको मद्दतमा ७९ रन बनाए । त्यस्तै, दीपक र आकाश त्रिपाठीले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । आकाश त्रिपाठीले ३५ रन बनाए भने अर्जुन कुमाल १० तथा कप्तान देव खनाल ८ रन जोडेका थिए ।
अब नेपालले यही कात्तिक ७ गते हुने फाइनल खेलमा युएईको सामना गर्नेछ । युएई भने सेमिफाइनलमा सिङ्गापुरलाई पराजित गर्दै फाइनल पुगेको हो ।
आगामी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि नेपालछनोट भएको छ। एसिसी प्रिमियर कपमा नेपालले फाइनलमा स्थान बनाएसँगै एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनौट भएको हो।...
१० असार, काठमाडौं । एसीसी महिला टी २० च्याम्पियनसिप खेल्न मलेसिया पुगेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको लक्ष्य थियो प्रतियोगिताको उपाधि जित्दै एसिया कपमा छनोट हुने । १० टोली सहभागि प्रतियोगितामा फाइनल पुग्ने दुई टिम टेष्ट राष्ट्रहरु सहभागी हुने एसिया कपमा छनोट हुने प्रावधान थियो । तर सेमिफाइनलबाट बाहिरिएपछि प्रतियोगिताको उपाधि जित्ने र एसिया कप खेल्ने नेपालको […]
काठमाडौं, १० असार। वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्द हुँदा नेपाल महिला टी-२० च्याम्पियनसिपबाट बाहिरिएको छ । यसअघि मलेसियामा टस जितेर फिल्डिङ रोजेको नेपालसामु संयुक्त अरब इमिरेट्स (युएई) ले ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर वर्षाले पुनः खेल प्रभावित हुँदा रद्द भएको हो । यससँगै समूह विजेताको रूपमा यूएई फाइनल पुग्दै एसिया कपमा छनोट भयो । नेपाल […]
काठमाडौं। वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्द हुँदा नेपाल महिला टी-२० च्याम्पियनसिपबाट बाहिरिएको छ । यसअघि मलेसियामा टस जितेर फिल्डिङ रोजेको नेपालसामु संयुक्त अरब इमिरेट्स (युएई) ले ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर वर्षाले पुनः खेल प्रभावित हुँदा रद्द भएको हो । यससँगै समूह विजेताको रूपमा यूएई फाइनल पुग्दै एसिया कपमा छनोट […]
काठमाडौं । नेपाल एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप क्रिकेटको सेमिफाइनलबाट बाहिरिएको छ । शुक्रबार नेपाल र युएईबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण पूरा हुन नसकेपछि नेपाल बाहिरिएको हो । खेल रद्द भएसँगै युएई फाइनलमा पुगेको छ । वर्षाअघि मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९ ओभर ५ बलमा अलआउट हुँदै ८१ रन […]