एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल निष्कर्षविहीन भएको छ । ओली र नेपालबीच दुई घण्टा भएको छलफलमा कुनै सहमति जुट्न नसकेको हो । बैठकमा अध्यक्ष ओली 'पावर सेयरिङ' मा सहमत नभएपछि एमाले विवाद समाधानमा कुनै प्रगति हुन नसकेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए । ‘खासगरी अध्यक्ष ओली 'पावर सेयरिङ' मा सहमत नभएपछि वार्ता निष्कर्षविहीन बन्यो,’ ती नेताको भनाइ छ ।तथापि माधव नेपाल पक्षका नेताहरु भने आफूहरुले कुनै भागवण्डा वा ‘पावर सेयर