काठमाडौं: नेकपा (एमाले) का दोस्रो तहका नेताहरुको मंगलबारको संवाद विना निष्कर्ष सकिएको छ। ललितपुरको समिट होटलमा भएको संवाद निष्कर्षमा नपुगेको छलफलमा सहभागी नेताले बताएका छन्। अध्यक्ष केपी शर्मा ओलीले अघि सारेका ६ बुँदे प्रस्ताव र माधव नेपाल समूहले दिएको जवाफमा छलफल केन्द्रित भएको थियो।
'छलफललाई जारी राख्नेगरि आजको भेट सकिएको छ,' बैठकमा सहभागी एक नेताले भने।…