काठमाण्डाै – फिनल्यान्डकी प्रधानमन्त्री सना मरिनको बिहानको खाजा (ब्रेकफास्ट) को बिल अहिले चर्चाको विषय बनेको छ । सबैतिर यही ब्रेकफस्ट बिलको चर्चा भइरहेको छ । केहीले प्रधानमन्त्री सना मरिनमाथि सरकारी पैसा दुरुपयोगको आरोप लगाएका छन् भने केहीले भ्रष्टाचारसँग उहाँको सम्बन्ध रहेको बताइरहेका छन् ।यसै विषयमा त्यहाँको स्थानीय प्रहरीले जाँच गर्ने बताएको छ । प्रधानमन्त्री मरिनले सरकारी आवासमा परिवारसँग ब्रेकफास्टमा निकै पैसा खर्च गरेको आरोप उहाँमाथि छ । स्थानीय सञ्चारमाध्यममा यो विषय सार्वजनिक भएपछि प्रधानमन्त्रीलाई निसाना बनाइएको छ ...