कोरोना बढेपछि डोटी र बागलुङमा निषेधाज्ञा

काठमाडौं। कोरोना संक्रमितकाृ संख्या बढेपछि डोटीमा आज राति १२ बजेबाट लागू हुने गरी १० दिन निषेधाज्ञा लगाउने भएको छ। कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको बसेको बैठकले आज राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। यस्तै डीसीसीएमसीको निर्णयअनुुसार बागलुङमा पनि आजदेखि १० दिनका लागि निषेधाज्ञा जारी भएको छ।

सम्बन्धित सामग्री

डोटीमा भदौ ३१ गते सम्मका लागि निषेधाज्ञा थप

डोटी, १ भदौ: डोटीमा स्थानीय पर्व तथा चाड नजिकिएको र कोरोना जोखिम बढ्न सक्ने जनाउँदै त्यहाँको स्थानीय प्रशासनले निषेधाज्ञामा थप कडाइ गरेको छ । जिल्लामा अब एक महिनासम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञाअनुसार आज मध्यरातबाट लागू हुने निषेधाज्ञा यही भदौ ३१ गते राति १२ बजेसम्म लागू हुने भनिएको […]

डोटीमा एक महिना थपियो निषेधाज्ञा

१ भदौ, डोटी । डोटी जिल्लामा निषेधाज्ञा एक महिना थपिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को सोमबार बसेको बैठकले डोटीमा भदौ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा यातायातका सम्पूर्ण सवारी साधन जिल्लाभित्र चलाउन पाइने भएको छ । पार्टी प्यालेस, जिमखाना र स्वीमिङ पुल बाहेकका अन्य सबै प्रकृतिका पसलहरु […]

डोटीमा निषेधाज्ञा असार २० गतेसम्म थप

डोटी । जिल्लामा कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि गत वैशाखबाट शुरु गरिएको निषेधाज्ञाको अवधि यही असार २० गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले निषेधाज्ञाको अवधि थप गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए । थपिएको निषेधाज्ञाको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, निर्माण सामग्रीका पसल […]

हालसम्म ६३ ओटा जिल्लामा निषेधाज्ञा जारी

वैशाख २५, काठमाडौं । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि ६१ ओटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।  गृह मन्त्रालयको विवरणअनुसार शनिवार अपराह्न ४ बजेसम्म ५३ ओटा जिल्लामा जिल्लाभर र १० ओटा जिल्लामा प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।  बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, गोरखा, बाजुरा, उदयपुर र बझाङमा आवातजावतमा पूर्ण रोक लगाइएको छ ।  यसैगरी कालिकोट, स्याङ्जा, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, रोल्पा, मुगु, बारा, सिरहा, नवलपरासी पश्चिम, दोलखा, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा र सर्लाहीमा जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।  यस्तै काभ्रेपलाञ्चोक, पर्वत, मकवानपुर, रामेछाप, ताप्लेजुङ, म्याग्दी, तनहुँ, इलाम, सिन्धुपाल्चोक र धनकुटाका कोरोना प्रभावित क्षेत्रमा मात्र निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।  मन्त्रिपरिषद्ले ग्रामीण क्षेत्रमा २०० र शहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित पुगेसँगै निषेधाज्ञा लगाउन सक्ने अधिकार स्थानीय प्रशासनलाई प्रत्यायोजन गरेको छ । सोही अधिकारको प्रयोग गर्दै स्थानीय प्रशासनले जिल्लाभर वा प्रभावित क्षेत्रमा निषेधाज्ञा लगाउँदै आएका छन् । रासस

डोटीमा दश दिनका लागि निषेधाज्ञा लागू

डोटी (नेस) । डोटी जिल्लामा कोरोना सङ्क्रमित हुने दर दिनहुँ बढ्दै गएपछि मंगलबार राती १२ बजेबाट लागु हुने गरी दश दिन निषेधाज्ञा जारी गरिएको छ । कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको बसेको बैठकले मंगलबार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनुभयो […]

हालसम्म कुन-कुन जिल्लामा निषेधाज्ञा ?

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेध आदेश जारी गरिएका जिल्लाको संख्या ४६ पुगेको छ। यीमध्ये बाँके, सुर्खेत, कास्की, कैलालीमा निषेधाज्ञाको अवधि थप गरिएको गृह मन्त्रालयले जनाएको छ। यस्तै, काठमाडौं उपत्यकासहित पर्सा र सुनसरीमा पनि लम्ब्याइँदै छ। मन्त्रालयका अनुसार बागलुङ, नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासीपूर्व गरी ८ जिल्लामा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ। महोत्तरी, रोल्पा र बाजुरामा बुधबारदेखि निषेध आदेश लागू हुने मन्त्रालयले मंगलबार बिहान १० बजेसम्म अपडेट गरेको तथ्यांकमा छ...

डोटीमा आज रातिदेखि दश दिनका लागि निषेधाज्ञा

डोटी – डोटीमा कोरोना भाइरसकाे सङ्क्रमण बढ्दै गएपछि आज मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी दश दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले मङ्गलबार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनुभयो । ​जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वैशाख ५ देखि यता डाेटीमा एक सय ७३ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने सङ्क्रमणका कारण दुई जनाको ज्यान गइसकेको छ ।

आजबाट यी ८ जिल्लामा सुरु हुँदैछ निषेधाज्ञा

काठमाडौं। आजबाट थप सात जिल्लामा निषेधाज्ञा सुरु हुने भएको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका हुन्। गृह मन्त्रालयका अनुसार आजबाट निषेधाज्ञा सुरु हुने जिल्लामा नवलपरसाी पूर्व, डोटी, डोल्पा, दैलेख, धनुषा, नुवाकोट, कपिलवस्तु र बागलुङ रहेका छन्। यीमध्ये कुनैमा आंशिक र कुनैमा पूर्ण निषेधाज्ञा जारी गरिएको छ। हाल ४६ जिल्लामा निषेधाज्ञा जारी गरिसकिएको छ।

डोटीमा मंगलबार मध्यरातिदेखि वैशाख ३१ सम्म निषेधाज्ञा

डोटी । डोटीमा मंगलबार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्न सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्न सिफारिस गरेको हो । पछिल्लो समयमा कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै डोटीमा पनि निषेधाज्ञा जारी गर्न लागिएको हो ।