हालैको कुरा हो, यो पङ्क्तिकार काठमाडौंको एक आफन्तजनको घरमा गएको थियो । आफन्तको छोरा काठमाडौंको राम्रो निजी स्कुलमा कक्षा ५ मा पढ्दा रहेछन् । उनले आफूलाई नेपाली अफ्ठेरो लाग्ने र कक्षा ६ बाट त सोसल (सामाजिक) पनि नेपालीमै पढ्नुपर्ने भनेर दुःखेसो पोखे । त्यसैगरी नेपाली भनेको काम नलाग्ने भाषा हो, यसको कामै छैन भन्नसमेत भ्याए । मैले नेपाली भाषाको महत्व बुझाउने प्रयास गरे पनि उनी गम्भीर भएनन् ।ती भाइले नेपाली भाषा आफूलाई गाह्रो लाग्ने र आफूलाई मात्र नभएर कक्षाका सबैलाई पनि गाह्रो लाग्ने भनेको सुन्दा झन