घोराही सिमेन्टको आईपीओलाई स्थानीयबासीले पत्याएनन्, ४ लाख कित्ता खुलाउँदा १३ हजारको मात्रै आवेदन

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रीको साधारण शेयर (आईपीओ)लाई स्थानीयबासीले बहिष्कार गरेका छन् । स्थानीयबासीको बहिष्कारका कारण आईपीओ जारी भएको पहिलो चरण १५ दिनको अवधिमा अत्यान्तै न्यून आवेदन परेको छ । उद्योगले प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गत वैशाख १९ गते आईपीओ जारी गरेको थियो । दुई साताको पहिलो चरणको अवधिमा […]

सम्बन्धित सामग्री

सर्वोत्तम सिमेन्टको आईपीओ खरीदका लागि पहिलो दिनमै मागभन्दा ३ गुणा बढी आवेदन

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ खरीदका लागि पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । कम्पनीले बुक बिल्डिङ विधिमार्फत सर्वसाधारणका लागि प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ सार्वजनिक निष्कासन गरेको हो ।  सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार पहिलो दिन फागुन १३ गते साँझ ५ बजेसम्म १ लाख ५६ हजार २०७ जना आवेदकबाट ८६ लाख ६० हजार ६४० कित्ता आईपीओ माग भएको छ, जुन मागभन्दा ३ दशमलव १२ गुणा बढी हो । रकमका हिसाबमा ३ अर्ब १२ करोड ५६ लाख २४ हजार ९७६ रुपैयाँ बराबरको आवेदन परेको हो ।  कम्पनीले यसअघि पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि र दोस्रो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उद्योग प्रभावित स्थानीयसँगै खानी उत्खतत् क्षेत्रका स्थानीयमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । योग्य संस्थागत लगानीकर्तामा कम्पनीले २४ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो । त्यस्तै सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको ३६ लाख कित्ता आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ६७ हजार कित्ता र आयोजना प्रभावित स्थानीयमा २ लाख ४८ हजार ४७० कित्ता आईपीओ बाँडफाँट भएको छ ।  उद्योग प्रभावित तथा खानी उत्खनन् क्षेत्रका स्थानीयका लागि छुट्याएको शेयरमध्ये विक्री हुन नसकेको ६ लाख ८१ हजार ५३० कित्ता शेयरसमेत थप गरी सर्वसाधारणमा विक्री गर्न लागिएको छ । तेस्रो चरणमा विक्री गरिने शेयरमध्ये १ लाख ५४ हजार २२७ कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी कम्पनीका कर्मचारीका लागि १ लाख ५४ हजार २२७ कित्ता आईपीओ सुरक्षित गरिएको छ ।  बुक बिल्डिङ विधिमार्फत विक्रीमा आएको यस कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम ५० कित्ता माग गर्नुपर्ने व्यवस्था छ । कम्पनीको आईपीओ खरीदका लागि अधिकतम सीमा १० हजार कित्ता तोकिएको छ । पहिलो दिनभित्रै मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ विक्री फागुन १६ गतेसम्म मात्र खुला हुनेछ ।  कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ भने सहनिष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिनेछ ।

सर्वोत्तमको आईपीओमा पहिलो दिन नै पर्‍यो अधिक आवेदन

२५ पुस, काठमाडौं । वैदेशिक रोजगारमा जानेहरुका लागि बुधबारदेखि बिक्री खुला भएको सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर निष्कासनमा सम्पूर्ण कित्ताका लागि आवेदन परेको छ । कम्पनीले कुल २ लाख ६७ हजार कित्ता सेयर वैदेशिक रोजगारमा जानेहरुका लागि छुट्याएकोमा पहिलो दिन बुधबार नै ३ लाख ६५ हजार ५५० कित्ता माग गर्दै आवेदन परेको सीडीएस एण्ड क्लियरिङ कम्पनीले […]

घोराही सिमेन्टको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले असार २१ गतेदेखि निष्कासन गरेको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यसअघि जेठ ३२ देखि असार ४ गतेसम्म निष्कासनकै क्रममा स्थगित भएको आईपीओ पुनः खुला गरेको हो । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधि असार २५ गतेसम्म मात्र आईपीओ विक्री गर्नेछ । यस अवधिभित्र मागबमोजिम आवेदन नपरेको भए कम्पनीले असार ३१ गतेसम्म आईपीओको विक्री खुला गर्ने तय गरेको थियो ।  कम्पनीले सर्वसाधारणमा प्रिमियमसहित प्रतिकित्ता रू. ४३५ मूल्यमा ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ विक्री खुला गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छन् । यस कम्पनीले २०६९ सालदेखि आफ्नै चुनढुंगा खानीमार्फत क्लिंकर उत्पादन गर्दै आएको छ । हाल कम्पनीले दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्डअन्तर्गत क्लिंकर तथा ओपीसी र पीपीसी सिमेन्टको उत्पादन तथा विक्री वितरण गरिरहेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

फर्जी आवेदन भेटिएपछि घोराही सिमेन्टको आईपीओ स्थगित !

काठमाण्डाै – फर्जी आवेदन भेटिएपछि नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ प्रक्रिया रोक्ने निर्णय गरेको छ ।एक करोड २० लाख कित्ता फर्जी आवेदन भेटिएपछि घोराही सिमेन्टको आईपीओ स्थगन गरिएको बोर्डले जनाएको छ । गुनासो आउने क्रम बढेपछि इस्यु म्यानेजर हिमालयन क्यापिटललाई पत्र पठाएर प्रक्रिया स्थग‍न गर्न लगाएको बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिनुभयो ।यसअघि आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको थियो ।घोराही सिमेन्टको आईपीओमा एक करोड...

फर्जी आवेदन परेपछि घोराही सिमेन्टको आइपिओ रद्द

प्रिमियम मूल्यमा सेयर (आइपिओ) निष्कासन गरेको घोराही सिमेन्टको एक करोडभन्दा बढी कित्ता आइपिओ रद्द भएको

तोकियो सर्वोत्तम सिमेन्टको ‘कट अफ’ मूल्य

बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयरको ‘कट अफ’ मूल्य तोकिएको छ । सर्वोत्तम सिमेन्टको सेयरको कटअफ प्राईस प्रतिकित्ता ५०१ रुपैयाँ तोकिएको छ । नेपाल स्टक एक्सचेन्जमा कम्पनीले मागेको आशय मूल्यको बिड खोलिएको हो । सर्वोत्तमको सेयरका लागि ६५ ओटा संस्थागत लगानीकर्ताले बिड गरेका थिए । कम्पनीले संस्थागत लगानीकर्ताको लागि २४ लाख कित्ता सेयर छुट्याएको छ ।अब आज तोकिएको आशय मूल्यको आधारमा सेयर बिक्री मूल्यसहित कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिनेछ ।बुक विल्डिङ विधीअनुसार कम्पनीले कट अफ प्राइसमा २० प्रतिशत थप गरेर आधार मूल्य तय गर्ने भएकाले सर्वोत्तमको सेयरको आधार मूल्य प्रतिकित्ता ६०१ रुपैयाँ २० पैसा हुनेछ । कम्पनीले उक्त आधार मूल्यमा पनि थप २० प्रतिशत जोडेर प्रतिकित्ता सेयर ७२१ रुपैयाँ सम्ममा बिक्री गर्न सक्नेछ ।सर्वसाधारण लगानीकर्ताले भने कट अफ मूल्य भन्दा कममा नै सेयरमा आवेदन दिन पाउने छन् । सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ । कम्पनीले ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ । यो बुक विल्डिङको नियम नै हो । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ। यसअघिःसर्वोत्तम सिमेन्ट आईपिओ: २४ लाख कित्ता शेयरको लागि आजबाट आशयपत्र पेश गर्ने समय