सर्वोत्तम सिमेन्टको आईपीओ खरीदका लागि पहिलो दिनमै मागभन्दा ३ गुणा बढी आवेदन

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ खरीदका लागि पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । कम्पनीले बुक बिल्डिङ विधिमार्फत सर्वसाधारणका लागि प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ सार्वजनिक निष्कासन गरेको हो ।  सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार पहिलो दिन फागुन १३ गते साँझ ५ बजेसम्म १ लाख ५६ हजार २०७ जना आवेदकबाट ८६ लाख ६० हजार ६४० कित्ता आईपीओ माग भएको छ, जुन मागभन्दा ३ दशमलव १२ गुणा बढी हो । रकमका हिसाबमा ३ अर्ब १२ करोड ५६ लाख २४ हजार ९७६ रुपैयाँ बराबरको आवेदन परेको हो ।  कम्पनीले यसअघि पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि र दोस्रो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उद्योग प्रभावित स्थानीयसँगै खानी उत्खतत् क्षेत्रका स्थानीयमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । योग्य संस्थागत लगानीकर्तामा कम्पनीले २४ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो । त्यस्तै सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको ३६ लाख कित्ता आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ६७ हजार कित्ता र आयोजना प्रभावित स्थानीयमा २ लाख ४८ हजार ४७० कित्ता आईपीओ बाँडफाँट भएको छ ।  उद्योग प्रभावित तथा खानी उत्खनन् क्षेत्रका स्थानीयका लागि छुट्याएको शेयरमध्ये विक्री हुन नसकेको ६ लाख ८१ हजार ५३० कित्ता शेयरसमेत थप गरी सर्वसाधारणमा विक्री गर्न लागिएको छ । तेस्रो चरणमा विक्री गरिने शेयरमध्ये १ लाख ५४ हजार २२७ कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी कम्पनीका कर्मचारीका लागि १ लाख ५४ हजार २२७ कित्ता आईपीओ सुरक्षित गरिएको छ ।  बुक बिल्डिङ विधिमार्फत विक्रीमा आएको यस कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम ५० कित्ता माग गर्नुपर्ने व्यवस्था छ । कम्पनीको आईपीओ खरीदका लागि अधिकतम सीमा १० हजार कित्ता तोकिएको छ । पहिलो दिनभित्रै मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ विक्री फागुन १६ गतेसम्म मात्र खुला हुनेछ ।  कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ भने सहनिष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिनेछ । 

सम्बन्धित सामग्री

प्रांक नगर्ने शर्त नमानेपछि बिहेको दोस्रो दिनमै डिभोर्स

काठमाडौं । एकजना नवविवाहिता महिलाले आफ्नो बिहे भएको दोस्रो दिनमै पतिसँग डिभोर्स गर्ने निर्णय गरेकी छिन् । आफ्नो चेतावनीका बाबजुद बिहेको क्रममा पतिले केही त्यस्तो गतिविधि गरे कि उनले बिहेको अर्को दिनमै डिभोर्स माग्नुपर्यो । ती महिलाले एक सोसल मिडियामार्फत् आफ्नो कहानी शेयर गरेकी छिन् । Slate’s Dear Prudence advice column मा उनले एक पोस्ट […]

मंसिरपछि ट्रायल दिएको तीन दिनमै लाइसेन्स !

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आगामी मंसिरदेखि तीन दिनमै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने गरी सरकारले तयारी गरिरहेको बताएका छन् । उनले हाल लाइसेन्सको पर्खाइमा रहेका करिब आठ लाख सेवाग्राहीलाई...

तीन दिनमै घट्यो आठ अर्ब निक्षेप

वाणिज्य बैंकहरूबाट तीन दिनमै आठ अर्ब रुपैयाँ निक्षेप घटेको छ । साउन ३१ म ४४ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकहरूमा भदौ ३ गतेसम्म आइपुग्दा निक्षेप ४४ खर्ब २६ अर्ब...

अब सवारी अनुमति पत्र तीन दिनमै !

काठमाडौं : तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ।बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आकस्मिकरुपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो।अन्य सेवाग्राहीलाई भने सवारी चालक अनुमतिपत्र लिन १५ देखि १८ दिन लाग्ने छ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्री भएसँगै सवारी चालक अनुमतिपत्र लिन पर्खाइमा रहेका सेवाग्राहीलाई छ महिनाभित्र

प्रशिक्षण केही दिनमै: घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले केही दिनमै राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरिने बताएका छन्।...

एक दिनमै एक करोडभन्दा बढीको खसीबोका विक्री

काठमाडौं, असोज २४  । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि सहुलियत मूल्यमा पहिलो दिनमै १ करोडभन्दा बढीको खसीबोका विक्री गरेको छ । दशैंका लागि २ हजार खसीबोका विक्री गर्ने लक्ष्य राखेर कम्पनीले काठमाडौंस्थित आफ्नो कार्यालयबाट शनिवारदेखि सुपथ मूल्यमा खसीबोकाको विक्री शुरू गरेको हो । कम्पनीले शनिवार पहिलो दिनमै १ करोड ६४ […]

एप्पलको नयाँ उपकरण अब ६ दिनमै सार्वजनिक हुने

एप्पलको नयाँ उपकरण अब ६ दिनमै सार्वजनिक हुने भएको छ। एप्पलले यही अप्रिल २० मा आफ्ना उपकरणहरु सार्वजनिक गर्ने घोषणा गरेको हो।

ओलीलाई केही दिनमै प्रधानमन्त्रीबाट हटाउँदैछौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई केही दिनमै हटाउने बताएका छन् । गृहजिल्ला चितवनमा आइतबार पत्रकारसँग कुरा गर्दै प्रचण्डले केही दिनमै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने बताएका हुन् ।प्रचण्डले प्रधानमन्त्री ओलीलाई चौथो पटक हटाउने कोसिस भइरहेको भन्दै अब छिट्टै हटाउने जिकिर गरे । केपी ओलीलाई हामीले तीनपटक प्रधानमन्त्रीबाट हटायौँ।  चौथो पटकको कोसिस के हुन्छ भन्‍ने बारेमा केही दिनमै थाहा हुन्छ ।प्रतिनिधिसभा पुनःस्थापनापछि तुरुन्त प्रधानम

केही दिनमै केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउछौँ : प्रचण्ड (भिडियोसहित)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई केही दिनमै हटाउने बताएका छन् । गृहजिल्ला चितवनमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले केही दिनमै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने बताएका हुन् । ...

अब दुई दिनमै शेयर कारोबार राफसाफ हुने

नेपाल धितोपत्र बोर्डले दुई दिनमै शेयर कारोबारको राफसाफ चक्र पूरा हुने गरी सिडिएस एन्ड क्लियरिङको विनियम स्वीकृत गरेको छ