आसन्न चुनावमा पाँच दलीय गठबन्धनबीच सहकार्य हुने भएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, जसपाका नेता अशोक कुमार राई र राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा राष्ट्रियसभा, प्रतिनिधि सभा तथा प्रदेशसभाको आसन्न उपनिर्वाचनमा पाँच दलीय गठबन्धनको सहकार्यलाई अगाडि बढाउने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा राष्ट्रियता, लोकतन्त्रको संवद्र्धन, संविधानको रक्षा र सुशासनको प्रवद्र्धनलाई व...