सत्ता गठबन्धनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि मतदान गर्न अपिल जारी गरेको छ । गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर रहेको संयुक्त अपिलमा संविधानको भावना अनुरूप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास लागि गठबन्धनलाई जिताउन आवश्यक रहेको उल्लेख गरिएको छ । ‘यो निर्वाचनको परिणामले विघटनकारी र प्रतिगमनका पक्षधरहरुको गठबन्धनल