नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्ट शक्तिबीच ध्रुवीकरणको आवश्यकता औँल्याएका छन् । खुमलटारमा आज आयोजित माओवादी ध्रुवीकरण र एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी क्रान्तिका लागि अघि बढ्ने परिवर्तन शक्ति बीच एकजुट हुन आग्रह गरे ।प्रतिक्रियावादी शक्तिले जनयुद्धकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको उल्लेख गर्दै उनले अहिले पनि प्रतिक्रियावादी शक्तिहरु