काठमाडौं : पर्यटन क्षेत्रका श्रमिकहरूले गठबन्धन सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा गरेको चर्को मूल्यवृद्धि तत्काल फिर्ता नगरे सडक सङ्घर्ष गर्ने चेतावनी दिएका छन्।पर्यटन क्षेत्रका श्रमिक सङ्गठनहरू नेपाल ट्रेकिङ ट्राभल्स र्याफ्टिङ एयरलाइन्स श्रमिक युनियन (युनिट्राभ) र नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन (नेस्वहोमयु)ले विज्ञप्ति जारी गरेर इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन्।विज्ञप्तिमा भनिएको छ, ‘इन्धनमा भएको मूल्