चेन्नई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच निर्धारित २० ओभरको खेल बराबरीमा टुंगिएको छ । खेल बराबरी भएसँगै नतिजाका लागि ‘सुपर ओभर’ खेल्नुपर्ने भएको हो ।आइपिएलको यो सिजनमा पहिलो पटक नतिजाका लागि सुपर ओभरमा जानु परेको हो । पहिला ब्याटिङ गर्दै दिल्ली क्यापिटल्सले चार विकेटको क्षतिमा १५९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले २० ओभरमा सात विकेट गुमाएर १५९ रन नै बनाएको हो ।हैदरावादका लागि केन विलियम्सनले सर्वाधिक ६६ रन बनाए । यस्