अमेरिकन सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरुद्धमा ६ राजनीतिक दल र दुई मोर्चाले जिल्ला प्रशासन कार्यालय उदयपुर घेराउ गरेका छन् । एमसीसी सम्झौताले राष्ट्रियतामाथि आँच आउने हुनाले तत्काल खारेज गर्नु पर्ने माग राख्दै सम्झौताको विरोधमा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माओवादी मजदुर पार्टीले विरोध प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालय उदयपु