प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा बैठक सुचारु गराउन अझै पहल नगरेको भन्दै सत्तापक्ष र सभामुखप्रति आक्रोश व्यक्त गरेका छन् ।पूर्वसभामुख समेत रहेका उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दलमाथि भेदभाव गरेकाले संसद अवरुद्ध पार्नुपरेको स्पष्ट पार्दै त्यो स्थिति कहिलेसम्म अन्त्य हुन्छ ? भनी प्रश्न समेत गरे । आइतबार संसद भवन परिसरमा उनले संसद अवरुद्ध भइरहने स्थितिको अन्त्य कहिले गर्नुहुन्छ भनेर सरकारलाई प्रश्न गरिदिन पनि सञ्चारकर्मीहरूलाई आ