काठमाडाैं : नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताएको छ। शुक्रबार प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन आयोजना गरी ३ वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेको र फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको बताएका छन्।केही सञ्चार माध्यममा अघोषित लोडसेडिङ शुरु भएको र विद्युत आपूर्ति व्यवस्थापन गर्न नसकेको भन्ने समाचारहरु प्रकाशित भएकोमा गम्भीर ध्यानाकर्षण भएको पनि शाक्यले बताए।अहिलेको अवस्थामा केही स्थानमा प्राविधिक कारणले छोटो समयलाई