दोस्रो जलाशययुक्त तनहुँ हाइड्रोको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

निर्माणाधीन एक सय ४० मेगावाटको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं...

सम्बन्धित सामग्री

सिन्धुपाल्चाेकमा इलेक्ट्रिक हाइड्रोको ढलान खस्यो, २ जना मजदुर वेपत्ता

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका –४ मा स्थित निर्माणधीन इलेक्ट्रिक हाइड्रो पावरको ढलान भत्किँदा दुई जना मजदूर पुरिएका छन् । घटनामा अन्य १० जना मजदुर घाइते भएका छन् ।  शुक्रबार दिउँसो हाइड्रो पावरको ड्यामसाइडमा रहेको सुरुङ ढलान गर्ने क्रममा ढलान भाँसिएको प्रहरीले जनाएको छ । ठाकुरबावा नगरपालिका– ३ बर्दियाका ३० वर्षीय रामदिन थारु...

सिन्धुपाल्चाेकमा इलेक्ट्रिक हाइड्रोको ढलान खस्यो, २ जना मजदुर वेपत्ता

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका –४ मा स्थित निर्माणधीन इलेक्ट्रिक हाइड्रो पावरको ढलान भत्किँदा दुई जना मजदूर पुरिएका छन् । घटनामा अन्य १० जना मजदुर घाइते भएका छन् ।  शुक्रबार दिउँसो हाइड्रो पावरको ड्यामसाइडमा रहेको सुरुङ ढलान गर्ने क्रममा ढलान भाँसिएको प्रहरीले जनाएको छ । ठाकुरबावा नगरपालिका– ३ बर्दियाका ३० वर्षीय रामदिन थारु...

मेलम्चीको पानी उपत्यकामा पुनः वितरणबारे अझै अन्योल

काठमाडौं । काठमाडौं उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रूपमा हेरिएको मेलम्चीको पानी कहिलेसम्म उपत्यकामा ल्याएर वितरण गर्ने भन्नेमा अन्योल छ ।  सरकारले पनि मेलम्चीको पछिल्लो क्षतिपछि त्यसको पुनःनिर्माणको विषयमा कुनै निर्णय नगरेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । साउनको अन्तिम साता आयोजना स्थलमा थप क्षति पुगेपछि त्यसमा पुगेको क्षतिको विस्तृत अध्ययन हुन नसकेको उनले बताए । उनले भने, ‘सरकारले पुनःनिर्माण कहिले र कसरी गर्ने भनी निर्णय गरेपछि काम गरिनेछ ।’ वर्षा शुरु हुनुपहिले सुरुङ बन्द गर्दा वर्षा सकिएपछि तुरुन्त पानी चलाउने गरी योजना बनाइएको थियो । गत साउन २८ र २९ गते ठूलो बाढी गएर पुरिएको थियो । अहिले पहुँचमार्ग सबै बगेकाले तत्काल पानी चलाउन नसकिएको उनले बताए । उनले भने, ‘अहिले पनि एक दिन बिराएर धमिलो पानी आइरहेकाले नदीको सतह बढिरहेको छ ।’  अहिले तत्काल ‘हेडवर्क’सम्म पुगेर काम गर्न सकिने अवस्था नभएको सूचना अधिकारी पन्तले बताए । पानी पर्न छाडेर नदीमा पानीको बहाव स्थिर भएमा त्यसपछि मात्रै हेडवर्कमा उपकरण लगेर सफाइ र मर्मतको काम गरिने उनले जानकारी दिए ।   सुरक्षा अपनाउँदा अपनाउँदै गेट नम्बर १ पुरिएको देखिएको उनले बताए । वैकल्पिक सुरुङभित्र पनि बालुवा छिरेको जस्तो देखिएको र यदी त्यसो भएमा सफा गर्न समय लाग्ने उनको भनाइ छ । पहिले सुरुङ बन्द गर्दा सबै गेट राम्ररी राखिएको छ । तिनलाई उपकरणबाट चलाउन सकिन्छ भन्ने अपेक्षा आयोजनाको रहेको थियो ।  तिनलाई वर्षा रोकिएपछि सजिलै चलाउन सकिने छन् भन्ने भए पनि अहिलेको क्षतिले त्यो अवस्था नभएको सूचना अधिकारी पन्तले बताए । उनका अनुसार अहिले गेट नम्बर १ र ९ पुरिएको अवस्थामा छन् । उनले भने, ‘हेडवर्क डाइभर्सन सुरुङभित्र पनि केही छिरेको हुनसक्ने र त्यसो हुँदा समय लाग्नसक्ने देखिएको छ ।’  दुई वर्षसम्म आयोजनाले अस्थायी रूपमा नै पानी चलाएको थियो । लगानीको प्रतिफल आउँदा नआउँदै फेरि क्षति पुगेको छ । सरकारले अस्थायी रुपमा चलाउने हो भने त्यसका लागि गर्नुपर्ने काम कसरी गर्ने भनी निर्णय हुनुपर्ने सूचना अधिकारी पन्तले बताए । उनले भने, ‘निर्णय भएपछि अस्थायी रूपमा चलाउन तयारी गरिनेछ ।’  गत दुई वर्षमा उपत्यकामा पानी ल्याएर केही राहत दिइएको उनले बताए । बर्सेनि गरेको काममा फेरि खोलाले पुर्ने र फेरि गर्नुपर्ने भइरहेको उनको भनाइ छ । उनले भने, ‘हरेक वर्ष दोहोर्‍याएर गर्ने कि नगर्ने निर्णय हुन जरुरी छ ।’  अहिलेसम्म क्षतिका बारेमा स्थलगत रूपमा पुगेर हेर्न सकिएको छैन । आयोजनाले ड्रोनबाट हेर्दा गेट नं १ र ९ पुरिएको देखिएको हो । गेट नं १ बाट डाइभर्सन सुरुङ हुँदै केही गेग्र्यान छिरेको हुनसक्ने र धेरै जम्मा भएर बसेको भए सफा गर्न बढी समय लाग्ने हुनसक्ने देखिएको उनले जानकारी दिए ।  अहिले संरचना पुरिएको अवस्थामा रहेकाले कति क्षति भयो भनी यकिन भइसकेको छैन । गत वर्ष गरेको केही काम अहिलेको बाढीले क्षति पु¥याएको थियो । सुरुङ सफा गर्नका लागि जमिन मुनि ‘फल्सिङ सिस्टम’ (अन्डरग्राउन्ड स्ट्रक्चर) बनाएको थियो । त्यो क्षति भएको छ छैन भनी बाहिरबाट हेरेर भन्न नसकिने उनले बताए । उनले भने, ‘स्थलगत रूपमा हेरेर नै कुन–कुन संरचनामा कति–कति क्षति पुगेको भन्न सकिन्छ ।’  आयोजनानमा थप काम गर्नका लागि सरकारले अस्थायी रूपमा पानी चलाउने निर्णय गर्नुपर्ने उनले बताए । अस्थायी रूपमा पानी चलाउनका लागि पुराना निर्माण व्यवसायीबाटै गराउने हो भने भुक्तानी कसरी गर्ने टुङ्गो लगाउनुपर्ने उनले बताए । उनले भने, ‘लम्बिँदै गएको पहिलेका ठेक्का सकाएर नयाँ ठेक्का गर्ने कि तिनलाई मूल्याङ्कनबाट गराउने भन्ने निर्णय गर्नुपर्छ ।’  सिनो हाइड्रोको ठेक्का र हेडवर्क निर्माणको चालु ठेक्कामा गत वर्ष कामको मूल्याङ्नका आधारमा भुक्तानी गरेर काम चलाइएको उनले बताए । गत वर्ष हेडवर्क सफा गर्ने र ठूलाठूला ढुङ्गा फुटाउने काम गर्न मन्त्रिपरिषद्बाट निर्णय भएको थियो । उनले भने, ‘खानेपानी मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेर निर्णय भएपछि नै काम गर्न सकिनेछ ।’ सरकारले पहिलो पटक विसं २०७७ चैतमा र दोस्रो पटक विसं २०७८ चैतमा तथा तेस्रो पटक गत वर्ष मङ्सिरमा मेलम्चीको पानी उपत्यकामा वितरण गरेको थियो । पहिलो पटक वितरण शुरु गरिएको केही महीनामा आयोजना स्थलभन्दा माथिल्लो भागबाट आएको बाढीका कारण आयोजनाका धेरै संरचनामा क्षति पुगेको थियो ।  बाढीका कारण मानवीय क्षतिसमेत भएको थियो । त्यो क्षतिको पुनःनिर्माण नसकिँदै पुनः आयोजनाका संरचनामा अहिले क्षति पुगेको छ । रासस

मेलम्ची खानेपानी आयोजना : टुंगो लागेन निर्माण कम्पनीको अवधि थप्ने विषय

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीको अवधि थप्ने विषय टुंगो लाग्न सकेको छैन । अस्थायी रूपमा पानी काठमाडौं ल्याउन अवधि थप गर्नुपर्ने भए पनि सरकारले टुंगो लगाइसकेको छैन ।       चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोको अवधि थप्न मेलम्ची खानेपानी विकास समितिले प्रक्रिया अघि बढाए पनि टुंगो लाग्न नसकेको हो । अस्थायी रूपमा पानी ल्याउन विभिन्न संरचनामा मर्मत गर्नुपर्ने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । गत फेब्रुअरीमा ठेक्का अवधि सकिएकोमा अवधि थपको प्रक्रियामा हुँदा दुर्घटना भएको थियो । ‘अहिले मन्त्रालयमा छलफलकै क्रममा भए पनि टुंगो लाग्न सकेको छैन,’ उनले भने ।       अस्थायी रूपमा पानी ल्याउन साधारण काम मात्रै बाँकी रहेको सूचना अधिकारी पन्तले बताए । आयोजनाअन्तरगत अहिले सुरुङ र हेडवर्क सफा गर्न बाँकी छ । ठेक्काको अवधि थप भएमा बाँकी कामसँगै अहिले मर्मतको काम सोही कम्पनीलाई गराउन सकिने आयोजनाले बताएको छ ।      कुनै पनि ठेक्कामा सुरुको ठेक्काको ५० प्रतिशभन्दा बढीको म्याद थप गर्नुपर्दा मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने व्यवस्था छ । अहिले सो ठेक्काको अवधि थपसँगै कार्ययोजना अघि बढाइएको सूचना अधिकारी पन्तले बताए । अहिले बाँकी रहेका काम गर्न कम्पनीलाई समितिले काम गर म्याद थप भन्न सकिने भए पनि अहिले त्यो गर्न नसकिएको उनले बताए । ‘अवधि थप नभएकाले काम गर भन्न सकिएको छैन,’ उनले भने । आयोजनाका बाँकी काम सम्पन्न गरेर अबको केही महिनामा पानी काठमाडौं उपत्यका ल्याउनेगरी सडक र पुल अस्थायी रूपमा खुलाइसकिएको छ । समितिले हेलम्बु गाउँपालिकासँग समन्वयमा अस्थायी सडक खुलाएको हो । सरकारले आगामी चैतसम्ममा पुनः उपत्यकामा पानी झार्ने लक्ष्य लिएको छ । निर्माण कम्पनीको अवधि थप भएमा अस्थायी रूपमा ल्याउन समस्या नहुने सूचना अधिकारी पन्तले बताए । गत असारमा गएको बाढीका कारण पुरिएर रहेका साना सुरुङ खोल्न सकेमा पुनः पानी हस्तान्तरण गर्न सकिने उनले बताए । कामको हिसाबले अहिले कार्यरत कम्पनीलाई काम लगाउन सजिलो भएको समितिले बताएको छ । निर्माण कम्पनीका कारणभन्दा पनि प्रकृतिक विपत्तिका कारणले समस्या आएकाले पनि अवधि थप गर्नुपर्ने सूचना अधिकारी पन्तले बताए । अहिले कार्यरत निर्माण कम्पनीको ठेक्का सम्पन्न नभएकाले नयाँ व्यवसायीलाई काम गराउन नसकिने समितिको भनाइ छ । हेडवक्र्समा पनि नयाँ कम्पनीले काम गर्दा भएका संरचनामा थप क्षति हुन सक्ने भएकाले सिनो हाइड्रो कम्पनीको नै अवधि थप गर्नु ठीक हुने पन्तले बताए । अवधि थप र कार्ययोजना दुवैको विषयमा अहिले खानेपानी मन्त्रालयमा छलफल भइरहेको छ । पहिले मूल्यांकन टुंगो लगाएर अघि बढ्ने विषय पनि छलफल भइरहेको छ । खोलामा सफा गर्नुपर्ने भएकाले अनुमानित खर्च तलमाथि हुन सक्ने उनले बताए । निर्माण शुरू भएको दुई दशकपछि सम्पन्न सो आयोजनाको पानी गतवर्ष फागुनमा परीक्षणका लागि सुरुङमा पठाइएको थियो । त्यसअघि गतवर्ष असारमा सुरुङको परीक्षण गर्दा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । पछिल्लो पटक काठमाडौं उपत्यकाका धेरै स्थानमा मेलम्चीको पानी वितरण शुरू भएको थियो । रासस

चारसय ८० मेगावाट क्षमताकाे फुकोट जलविद्युतकाे सुरुङ निर्माण शुरु

कर्णालीकै गौरवको आयोजनाका रुपमा मानिएको फुकोट कर्णाली हाइड्रोको सुरुङ खन्न सुरु गरिएको छ । हाइड्रोको सुरुङ खन्न सुरु गरिएपछि कर्णालीबासीमा विकासको आशा पलाएको छ । तीन वर्ष अगाडि हाईडे कम्पनी र नेपाल सरकारबीच निर्माण सम्झौता भएको आयोजनाले डिपिआर सम्पन्न गरी ५५ मिटर सुरुङ खनी सकेको आयोजना प्रमुख हीरामान वाईबाले वताउनुभयो । प्रमुख वाईबाले दुबै तर्फबाट सुरुङ खन्ने काम जारी रहेको बताउनुभयो । एका तर्फबाट ५५ मिटर खनिसकेको र बाँध हालेर बनाइने जलाशयको तर्फबाट ११ मिटर सुरुङ खनिरहेको प्रमुख वाइबाले बताउनुभयो । प्रमुख वाइबाले कोरोना भाइरसका साथै अन्य केही चुनौतिहरु नआइदिएको भए यतिवेला सम्म सुरुङ खन्ने काम अन्तिम अवस्थामा पुग्थ्यो । जग्गाको मुआव्जाको काम पनी यसकै कारणले रोकिएको छ । डिपियार तयार भइसकेको छ, आयोजनाले क्षती हुने क्षेत्र निर्धारण गरी मुआव्जाको रकम पास गरिसकेको छ । अव जिल्लाले जग्गाको विषयमा मूल्य निर्धारण गरेपछी मुआव्जाको काम पनी सकिने प्रमुख वाइबाले बताउनुभयो ।

बझाङको कालंगा हाइड्रोको सुरुङभित्र ४ कामदार थुनिए

बझाङः बझाङको बुंगल क्षेत्रमा निर्माण भइरहेको कालंगा हाईड्रो पावरमा काम गर्ने ४ जना कामदार सुरुङ भित्र फसेका छन् । आइतबार दिउसो सुरुङ भित्र कामका लागि गएका कामदारहरुको अवस्था जोखिम रहेको प्रहरीले जनाएको छ ...

बझाङको कालंगा हाइड्रोको सुरुङ भित्र ४ जना कामदार फसे

बझाङ । बझाङको बुंगल क्षेत्रमा निर्माण भइरहेको कालंगा हाईड्रो पावरमा काम गर्ने चार जना कामदार सुरुङ भित्र फसेका छन् ।...