कर्णालीकै गौरवको आयोजनाका रुपमा मानिएको फुकोट कर्णाली हाइड्रोको सुरुङ खन्न सुरु गरिएको छ । हाइड्रोको सुरुङ खन्न सुरु गरिएपछि कर्णालीबासीमा विकासको आशा पलाएको छ ।
तीन वर्ष अगाडि हाईडे कम्पनी र नेपाल सरकारबीच निर्माण सम्झौता भएको आयोजनाले डिपिआर सम्पन्न गरी ५५ मिटर सुरुङ खनी सकेको आयोजना प्रमुख हीरामान वाईबाले वताउनुभयो । प्रमुख वाईबाले दुबै तर्फबाट सुरुङ खन्ने काम जारी रहेको बताउनुभयो । एका तर्फबाट ५५ मिटर खनिसकेको र बाँध हालेर बनाइने जलाशयको तर्फबाट ११ मिटर सुरुङ खनिरहेको प्रमुख वाइबाले बताउनुभयो ।
प्रमुख वाइबाले कोरोना भाइरसका साथै अन्य केही चुनौतिहरु नआइदिएको भए यतिवेला सम्म सुरुङ खन्ने काम अन्तिम अवस्थामा पुग्थ्यो । जग्गाको मुआव्जाको काम पनी यसकै कारणले रोकिएको छ । डिपियार तयार भइसकेको छ, आयोजनाले क्षती हुने क्षेत्र निर्धारण गरी मुआव्जाको रकम पास गरिसकेको छ । अव जिल्लाले जग्गाको विषयमा मूल्य निर्धारण गरेपछी मुआव्जाको काम पनी सकिने प्रमुख वाइबाले बताउनुभयो ।