कञ्चनपुरको लालझाडी मोहना संरक्षित वनअन्तर्गत कृष्णपुर नगरपालिका—१ को नवदुर्गा सामुदायिक वन २ दशकदेखि अतिक्रमणको चपेटामा छ । भेटघाट शिविर नाम दिइएको उक्त क्षेत्रमा २०६० मा ८० वटा घर टहरा बनेका थिए । बाढी पीडितहरूलाई बसाइएको उक्त क्षेत्रमा अहिले डेढ/दुई सय परिवार बसोबास गरिरहेका छन् ।