धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले आफ्नो नगरक्षेत्र भित्रका खोलानालाको अतिक्रमण हटाउन सूचना जारी गरेको छ । उपमहानगरपालिकाको १ देखि १९ वडाका क्षेत्रभित्रका प्राकृतिक ताल तथा खोलानाला अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना असोज महिनाभित्र हटाउन नगरपालिकाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । खोलानाला अतिक्रमण गरेर बनाएका भौतिक संरचना नहटाएमा तथा अटेरी गरेमा संरचना धनीलाई स्थानीय सरकार […]