रुपन्देहीमा सडक अतिक्रमण गरेर बनाएका संरचना हटाउन स्थानीय निकायले धमाधम अभियान थालेका छन् । यहाँको सियारी गाउँपालिकाले सडक अतिक्रमण गरी बनाएका संरचना, सडक पेटीमा थुपारिएका निर्माण सामाग्री हटाउन १० दिनेको समय सीमा तोकेको छ । १० दिनको अल्टिमेटम दिएर गाउँपालिकाले अव्यवस्थित संरचना हटाउन आग्रह गरेको हो ।सियारी गाउँपालिकाका निमित्त प्रमुख प्रमुख प्रशासकीय अधिकृत सुधीर पौडेलले एक विज्ञप्ती जारी गर्दै सडकमा थुपारिएको निर्माण सामाग्री तथा सडकमा गाईवस्तु राख्ने गर्दा पालिकाको सुन्दरता बिग्रिएको भन्दै हट