नेपालगञ्ज – सुर्खेत रोडको अतिक्रमण हटाउन सुरु गरिएको छ। सडक डिभिजन कार्यालय बाँकेले फोरलेन सडकको अतिक्रमित घर–टहरा भत्काउन थालेको हो। पिप्रहवा क्षेत्रबाट अतिक्रमण हटाउन सुरु गरिएको छ। कोहलपुरबाट अतिक्रमण हटाउन सुरु गर्ने भनिए पनि त्यहाँका स्थानीयले हप्ता दिनको समय माग गरेपछि रोकिएको छ। अतिक्रमण हटाउन प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीसमेत कोहलपुर पुगेका थिए। नेपालगञ्जको जमुनाहादेखि […]