काठमाडौँ उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्काे नागमती बाँध (ड्याम) बनाउन लागिएको छ । उपत्यकाको पूर्वाेत्तर गोकर्णेश्वर नागरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा धाप बाँधको निर्माण सम्पन्नपछि अर्काे नागमती बाँँध निर्माणको प्रक्रिया सुरु गरिएको हो । वर्षायाममा खेर जाने पानी सङ्कलन गरेर हिउँदमा बागमतीमा पानीको बहाव बढाउने …