लमजुङको मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत न्यादी जलविद्युत आयोजनाले क्षमताअनुसार विद्युत उत्पादन गर्न नसकेको जनाएको छ । हिँउद लागेसँगै खोलामा पर्याप्त पानी नहुँदा आयोजनाको क्षमताअनुसार विद्युत उत्पादन गर्न नपाएको हो । ३० मेगावाट क्षमताको सो जलविद्युत आयोजनामा माघ लागेसँगै १० देखि १२ मेगावाट मात्रै विद्युत उत्पादन हुँदै आएको आयोजनाका बासु गर्तौलाले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणले पूरै […]