मोरङ – नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले नयाँ सरकारले प्रदेशको नामाकरण समयभित्रै टुंग्याउनुपर्नेमा जोड दिएका छन्। मंगलबार प्रदेशसभा बैठकमा बोल्दै नेता आङ्बोले नयाँ मुख्यमन्त्रीको नेतृत्वमा प्रदेशले निर्धारित मितिभित्रै नामाकरण पाउने विश्वास लिएको बताए। उनले भने, ‘विगत पाँच वर्ष प्रदेशमा रहेर काम गरे पनि जनताको घर जाँदा नामाकरण दिन नसक्दा खल्लोपन […]