अस्पताल सञ्चालन गर्नेदेखि सीमामा पर्खाल लगाउन सहयोग गर्ने

वीरेन्द्रनगरको प्राथमिकतामा कृषि र पूर्वाधार प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका सुर्खेतले आगामी बजेटमा कृषि, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । नगरपालिकाले कोरोना महामारी नियन्त्रण र सामाजिक विकासलाई पनि प्राथकितामा राखेको छ । उत्पादन अभियानका लागि कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिइएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

सम्बन्धित सामग्री

अस्पताल सञ्चालन गर्न महायज्ञ हुँदै

झापासँग सीमा जोडिएको ईलामको चुलाचुली गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनका लागि भवन बनेको दूई बर्ष भइसकेको छ । बजेट अभावमा अस्पताल सञ्चालन हुन नसकेपछि आर्थिक सहयोग जुटाउन बहुधार्मिक प्रवचनसहित समावेशी श्रीमद भागवत महापुराण तथा ज्ञान महायज्ञ लगाउने तयारी गरिएको छ ।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एभरेष्ट बैंकको सहयोग

एभरेष्ट बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई अस्पताल भवन निर्माण कार्यका लागि १० लाख आर्थिक सहयोग गरेको छ । स्रोत केन्द्रको रुपमा केन्द्रीय बाल अस्पताल सञ्चालनार्थ स्थापित उक्त अस्पताललाई सो सहयोग गरेको हो । बाल स्वास्थका क्षेत्रमा बहुविशिष्टीकृत अस्पताल सञ्चालन गर्न तालिम तथा दक्ष जनशक्ति तयार गरी गुणस्तर वृद्दि र नियमनका विधि र प्रक्रियाको […]

सोल्टी होटलद्वारा किओच–काठमाडौं बाल अस्पताललाई सहयोग

काठमाडौं (अस) । सोल्टी होटेलले किओच–काठमाडौं बाल अस्पताललाई आर्थिक सहयोग गरेको छ । होटेलले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले सञ्चालन गर्ने किओच–काठमाडौं बाल अस्पतालको भवन निर्माणका लागि २५ लाख रुपैयाँ सहयोग गरेको हो । होटेलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अस्पतालको भवन निर्माणमा सहयोग गरिएको जानकारी दिएको छ । सोमवार होटलमा आयोजित कार्यक्रममा होटलका अध्यक्ष दिनेश विष्टले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्राडा भगवान कोइरालालाई सहयोग रकम हस्तान्तरण गरे । होटेलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समाज सेवाका विभिन्न कार्यमा सहयोग गर्दै आएको अध्यक्ष विष्टले बताए । अस्पतालको भवन निर्माणमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको उनको भनाइ थियो । अस्पताल निर्माणबाट आगामी दिनमा सहज र सुलभ बाल स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास रहेको उनले बताए । संस्थाका अध्यक्ष कोइरालाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बालबालिकाहरूमा हुने जटिल र गम्भीर रोगको उपचार सहज एवं सुलभ बनाउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याउन लागेको बताए । काठमाडौंको बूढानीलकण्ठमा विशिष्टीकृत अस्पताल तथा अन्य प्रदेशहरूमा पनि सोही प्रकृतिको सेटेलाइट अस्पताल सञ्चालन गर्न लागिएको जानकारी उनले दिए । काठमाडौंमा बाल अस्पताल निर्माण शुरू भएको र प्रदेश १ को दमकमा इन्स्टिच्युटको पहिलो अस्पताल सञ्चालनको तयारी भइरहेको उनले बताए । होटेलले गरेको उक्त सहयोगले भावी पुस्ताको स्वास्थ्यका लागि महŒवपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।

बलेवामा नगर अस्पताल सञ्चालन

पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजारसँगै जोडिएको बलेवामा नगर अस्पताल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिकाका तीन वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले उक्त अस्पताल स्थापना गरिएको हो । बलेवाको पैयुँपाटास्थित स्वास्थ्यचौकीको स्तर वृद्धि गरी नगर अस्पताल सञ्चालन गरिएको हो । शुक्रवार नगरप्रमुख जनकराज पौडेलले सो अस्पतालको उद्घाटन गरे । तत्काल पुरानै संरचनामा अस्पताल सञ्चालन गरिएको छ । ‘एक वर्षभित्र सुविधासम्पन्न नयाँ भवन निर्माण गर्छौं, जनशक्ति समेत थप्ने योजना छ,’ पौडेलले भने । स्थानीयवासीको सहयोगमा अस्पताल निर्माणका लागि ९ रोपनी जग्गाको व्यवस्था गरिएको छ । नयाँ भवन बनाउन १८ करोड बजेट विनियोजन गरिएको छ ।      ‘एक स्थानीय तह, एक अस्पताल’ नीतिअन्तर्गत पैयुँपाटामा नगर अस्पताल स्थापना गरिएको हो । अस्पतालमा तीन चिकित्सकसहित २७ जनाको जनशक्तिको व्यवस्था गरिने नगरपालिकाले बताएको छ । हाल यहाँ सिनियर अहेव, हेल्थ असिस्टेण्ट, अनमी, कार्यालय सहयोगसहित आठ कर्मचारी कार्यरत छन् । उक्त अस्पताल सञ्चालनमा आएसँगै बागलुङ नगरपालिकाका पैयुँपाटा, नारायणस्थान र अमलाचौरका झन्डै २७ हजार नागरिक लाभान्वित हुने पैयुँपाटाका वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए । ‘सरकारी सहयोगसँगै स्थानीयवासीबाट सहयोग संकलन समेत भइरहेको छ,’ उनले भने । रासस

रुबी भ्यालीको कोभिड अस्पताल सञ्चालनका लागि आश्रमको सहयोग

धादिङ रुबी भ्याली गाउँपालिकास्थित कोभिड अस्पताल सञ्चालन गर्न जनजाति कल्याण आश्रमले भौतिक सहयोग गरेको छ ।

‘आई एम अक्सिजन म्यान’ अभियानमा अभिनेता विवेकले गरे २५ लाख सहयोग

एजेन्सी। बलिउड अभिनेता विवेक ओबरायले भारतमा डाक्टर विवेक विन्द्रासँग मिलेर चलाइएको नवीनतम पहल ‘आई एम अक्सिजन म्यान’मा २५ लाख भारु सहयोग गरेका छन्। अभिनेता ओबरायले २५ लाख सहयोग गरेको डा. विवेक बिन्द्राले संस्थाकै एक कार्यक्रममा खुलाएका हुन्। अभियानले हाल भारतको दिल्लीमा २०० बेडको एक निःशुल्क अस्पताल सञ्चालन गरिरहेको छ।

छत्रपाटी चिकित्सालयलाई थप दुई थान भेन्टिलेटर सहयोग

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले ल्हासाबाट खरिद गरिएका छत्रपाटी निःशुल्क चिकित्सालयलाई थप दुई थान भेन्टिलेटर सहयोग गरेको छ। नगरप्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले साढे २६ लाख पर्ने उक्त भेन्टिलेटर अस्पतालका निर्देशक डा. मनोजमान श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्। यस चिकित्सालयमा ३५ शय्याको विशेष कोभिड अस्पताल सञ्चालन भइरहेको छ। (रासस)

अक्सिजन सकियो भन्दै हेटौंडा अस्पतालले बिरामीसँग माग्यो माफी

श्रीजना नेपालहेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा अक्सिजन अभाव भएको छ।अक्सिजन अभाव भएसँगै अस्पतालले बिरामीलाई अन्य जिल्ला रिफर गर्न थालेको छ। अस्पतालले आज विज्ञप्ति नै जारी गर्दै अस्पतालमा अक्सिजनको कमि भएको भन्दै बिरामीसँग क्षमा मागेको छ।भर्ना भएका संक्रमितलाई ३ घण्टाका लागि मात्रै पुग्ने अक्सिजन रहेको भन्दै अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले विज्ञप्ति जारी गरेको हो। तर अहिले विभिन्न स्थानबाट सहयोग मागेर आज बेलुकासम्म पुग्ने अक्सिजनको जोहो गरि

दश श्ययाको नगर अस्पताल सञ्चालन

फलेवास नगरपालिकामा १० श्ययाको नगर अस्पताल सञ्चालन गरिएको छ । नेपाल सरकारको एक पालिका एक अस्पताल कार्यक्रमअन्तर्गत नगरपालिकाले १० श्ययाको अस्पताल सञ्चालनमा ल्याएको हो ।          वडा नं ६ देवीस्थानमा रहेको साविक स्वास्थ्यचौकीको भवनबाट अस्पतालको सेवा शुरु गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । गत मङ्सिर १५ गते देशभरका स्थानीय तहमा शिलान्यास भएका अस्पतालमध्ये फलेवासको उक्त आधारभूत अस्पतालले पहिलो पटक पुरानै भवनबाट सेवा सुचारु गरेको हो ।           अस्पतालमा एक डाक्टर, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी रहेका छन् । अस्पताल निर्माण तथा सञ्चालनका लागि नेपाल सरकारले रु १० करोड ६३ लाख सहयोग गरेको तथा आवश्यक सामग्री खरीद गर्न र कर्मचारी व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रुद्र सापकोटाले जानकारी दिनुभयो ।

गेनाइ स्मृति अस्पताल सञ्चालन

धनगडीमाई नगरपालिका–११ स्थित सामुदायिक महेन्द्र गेनाइ स्मृति तथा बालकल्याण अस्पताल सञ्चालनमा आएको छ। यसबाट स्थानीयहरू सामान्य उपचारका लागि पनि बाहिर जानुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको छ। धागडीमाई नगरपालिका, लहान नगरपालिका १३ र २४ नम्बर वडा, लक्ष्मीपुरपतारी गाउँपालिकाका स्थानीयले यहाँबाट सेवा लिँदै आएका छन्। लहान–२४ का गेनाइ महतोले एक बिघा र महेन्द्र महतोले दस कट्ठा गरी डेढ बिघा करोडौँ मूल्यको जग्गा दिएपछि अस्पताल निर्माण भएको थियो। अस्पताल सञ्चालनका लागि २०६४ सालमा भारतीय दूतावासले भवन निर्माणका लागि साढे तीन करोड र उपकरणका लागि थप डेढ करोड गरी जम्मा पाँच करोड सहयोग दिएको थियो।