दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित टाछी छोइलिङ गुम्बामा सामूहिक दशैँ पर्व मनाएर आइतबार टीका ग्रहण गरिएको छ । साबिक शिखरबेसी गाविस–४, ७, ८ र ९ का चार सयभन्दा बढी तामाङ सामुदायका बासिन्दाले गुम्बाका प्रमुखसँग सामूहिक रुपमा दशैँ पर्व मनाउँदै टीका ग्रहण गरेका हुन् ।