गलेश्वर, २९ असोज । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित ऐतिहासिक तथा सामरिक महत्वका खड्गभवानी कोतमा विजयादशमीका दिन आज बिहान १० बजेर २ मिनेटको शुभ साइतमा मौलो पूजासहित सामूहिक टीका ग्रहण गरिएको छ । घटस्थापनादेखि बडादसैँको दिनसम्म दुर्गा भवानीको पूजाअर्चना गरी कोत परिसरमा रहेको शक्तिको प्रतिक मौलोमा दही र अक्षता चढाइँ समृद्धि र सहकालको कामना गर्दै सामूहिकरुपमा […]