विराटनगर–धरान ६ लेन सडक निर्माण सुस्त

विराटनगर–धरान ६ लेन सडक निर्माण अत्यन्तै सुस्त भएको छ । व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माण सुस्त भएपछि सर्वसाधारण सास्ती व्यहोर्न बाध्य छन् ।

सम्बन्धित सामग्री

तरहरा-धरान ६ लेन सडक तीन दिनभित्र पुन: निर्माण थाल्ने प्रतिबद्धता

इटहरीको तरहरादेखि सेउती पुलसम्मको ६ लेन सडक निर्माण कार्यले तीन दिनभित्र पुन: निरन्तरता पाउने भएको छ । रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक विस्तार आयोजना अन्तर्गतको सो सडक निर्माण कार्य एक वर्षदेखि अपलत्र हुँदा यात्रुले सास्ती पाएको भन्दै इटहरी उपमहानगरपालिकाको ताकेतापछि ठेकेदारले पुन: काम थाल्ने लिखित प्रतिबद्धता जनाएको हो ।

मधेसको बीचबाट ६ लेन सडक निर्माण गर्न भरत साहको सुझाव

जनकपुरधाम । मधेस प्रदेशसभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले मधेस प्रदेशको बीचबाट पूर्व–पश्चिम ६ लेनको सडक निर्माण गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले पेस गरेको विश्वासको मत

कलंकीदेखि चाबहिल धोबीखोलासम्म छिट्टै ६ लेन सडक : ईश्वर पोखरेल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको सरकार आएपछि काठमाडौंको कलंकीदेखि चाबहिलको धोबीखोलासम्म ६ लेन सडक निर्माणले तीव्रता पाउने बताएका छन्।काठमाडौं क्षेत्र नम्बर ५ मा बिहीबार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुआब्जा र सडक खाली गर्ने काम सकिए पनि एमाले सरकारबाट हटेपछि सडक विस्तारको काम रोकिएको उनले बताए।सुरुमा कलंकीदेखि महाराजगञ्ज चोकसम्म मात्र सडक निर्माण गर्न लागे पनि आफूले चिनियाँ पक्षसँग पहल गरेका कारण धोबीखोलासम्म निर्माण हुन लागेको उनले जानकारी दिए।वरिष

निर्माण सम्पन्न नहुँदै अत्तरियाको ६ लेन सडक चिराचिरा

धनगढी- मोहना पुल अत्तरिया ६ लेन सडक निर्माण कार्य सम्पन्न नहुँदै फुट्न थालेको छ । त्रिनगर भन्सारदेखि नै ठाउँ ठाउँमा सडक फुटेको छ । साढे दुई अर्बको लगानीमा २०७१ मा निर्माण थालिएको सडकको काम पाँच पटक म्याद थप्दा समेत सम्पन्न हुन सकेको छैन । तीन खण्डमा ठेक्का लगाएको सडक निर्माण सम्पन्न नहुँदै फुट्न थालेपछि निर्माण […]

निर्माण सम्पन्न नहुँदै अत्तरियाको ६ लेन सडक चिराचिरा

मोहना पुल अत्तरिया ६ लेन सडक निर्माण कार्य सम्पन्न नहुँदै फुट्न थालेको छ । त्रिनगर भन्सारदेखि नै ठाउँठाउँमा सडक फुटेको छ । साढे दुई अर्बको लगानीमा २०७१ मा निर्माण थालिएको सडकको काम पाँच पटक म्याद थप्दा समेत सम्पन्न हुन सकेको छैन ।तीन खण्डमा ठेक्का लगाएको सडक निर्माण सम्पन्न नहुँदै फुट्न थालेपछि निर्माण कम्पनीको लापरबाहीको आरोप स्थानीयको आरोप छ । ‘अर्बौंको सडक निर्माण सम्पन्न नहुँदै फुट्न थालेको छ,’ धनगढीका व्यवसायी सुन्दर श्रेष्ठले भने, ‘निर्माण कम्पनीको लापरबाहीका कारण यस्तो स

ठेकेदारको लापरबाहीले ६ लेन सडक निर्माण सुस्त

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार भइरहेको सडक अन्तर्गत यतिबेला इटहरीको तरहरादेखि धरानसम्म सडक विस्तार भइरहेको छ। तर, सडक विस्तार सुस्त गतिमा छ। जसले गर्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ।...

रानी–तरहरा ६ लेन सडक एक महीनाभित्र सम्पन्न हुने

मोरङ । मोरङको रानीदेखि सुनसरीको तरहरासम्म ६ लेन सडक विस्तार आगामी एक महीनाभित्र सम्पन्न हुने भएको छ । रानीदेखि तरहरासम्मको करीब ३७ दशमलव चार किमी सडक करीब ६ अर्बभन्दा बढी लागतमा निर्माण गर्नेगरी आठ वर्षअघि ठेक्का भएको थियो । पाँच वर्षभित्र सम्पन्न हुनेगरी लागेको ठेक्काको काम अहिलेसम्म पनि पूरा भएको छैन । योजनाको सुनसरीको दुहबी बजार क्षेत्र र सुनसरीकै दुहबीस्थित बूढी खोलामा पुल निर्माण कहिले सम्पन्न हुन्छ भन्ने यकिन समेत हुन सकेको छैन । दुहबी बजारमा करीब डेढ किमी बाटो स्थानीयवासीले नछाडेकाले योजनाको काम अघि बढ्न नसकेको सो सडक योजना इटहरीका प्रमुख बद्री शर्माले बताए । सो सडक निर्माण नभएपछि यसबाट उत्पन्न समस्या र योजनाको काममा भएको ढिलाइप्रति चासो राख्दै जिल्ला प्रशासन कार्यालयले हालै अन्तरक्रिया कार्यक्रम गरेको थियो । कार्यत्रमका सहभागीले सडक निर्माणमा निकै ढिलाइ भएको बताएका छन् । सडक विस्तारमा भएको ढिलाइले सर्वसाधारणले धेरै समस्या भोग्दै आएका छन् । ६ लेनको बाटो बनाउँदा गरिएको डीपीआरमा निकै त्रुटि भएको, वर्षात््को पानी निकास हुन नसक्दा विराटनगरका वडा नं १३, १५, १६ डुबानमा पर्ने गरेको स्थानीयवासीको गुनासो छ । यसतर्फ योजनाको ध्यान जानुपर्नेमा उनीहरूले जोड दिएका छन् । सडक निर्माण हुँदै गर्दा खण्ड–खण्डमा भत्किन पनि शुरू भएकाले योजनाको डिजाइनमा निकै त्रुटि भएको सहभागीले बताएका छन् । कछुवा गतिमा विस्तार भइरहेको सडकका कारण दुर्घटना भइरहेको छ । योजनाले निर्माण कम्पनीलाई समयमै आ–आफ्नो जिम्मेवारी पूरा गराउनेतर्फ ध्यान नदिएको गुनासो स्थानीयले गरेका छन् । अन्तरक्रिया कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले विराटनगर महानगरपालिकामा सिटी सफारी आवश्यकताभन्दा बढी भएकाले दुर्घटना बढेको बताए । दुर्घटना बढ्नुमा घर, पसल, पेट्रोलपम्प, होटल र रेष्टुराँ अगाडि सडक डिभाइडर राखिनु पनि कारण रहेको उनको भनाइ छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सबैको प्रतिबद्धता र निरन्तरताले मात्र योजना दुरुस्त र राम्रो बन्ने बताए । ६ लेनको बाटोबाट उत्पन्न समस्या समाधान गर्न योजना प्रमुखलाई उनले निर्देशन पनि दिए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगर बजारको व्यस्ततालाई ध्यानमा राखेर आकाशे पुल बनाउन लागिएको जानकारी दिए । साथै नगर क्षेत्रको ६ लेनको बाटोमा सौन्दर्यकरण गर्न कुनै कसर बाँकी नराख्ने उनले बताए बताए । रासस

६ लेन सडक विवाद : दुहबी खण्डको संरचना हटाउन पत्राचार

धरान (अस) । लामो समयदेखि विवादित बनेको रानीदेखि धरानसम्मको ६ लेन सडक विस्तार आयोजना अन्तर्गत दुहबी खण्डमा क्षेत्राधिकारभित्रका संरचना हटाउन रानी विराटनगर इटहरी धरान सडक योजना, सुनसरीले पत्राचार गरेको छ । मापदण्ड अनुसार दुहबी बजार क्षेत्रमा सडक विस्तार गर्न समस्या बढ्दै गर्दा योजनाको समयावधि लम्बिँदै गएकाले योजनाले दुहबी नगरपालिकालाई पत्राचार गर्दै बजार क्षेत्रमा रहेका मापदण्डविपरीतका संरचना खाली गर्न/गराउन आग्रह गरेको हो । सडकको मध्य भागबाट १५–१५ मिटर क्षेत्रका घरटहरा हटाउन आग्रह गर्दै योजनाले सडक विस्तारको प्रक्रिया अगाडि बढाएको छ । सडक क्षेत्र यकिन हुन नसक्दा अहिलेसम्म टेण्डर प्रक्रिया समेत अघि बढ्न सकेको छैन । लामो समयदेखि स्थानीयको अवरोधका कारण दुहबीमा मात्रै सडक विस्तार हुन सकेको छैन । सडक विस्तार गर्दा दुहबीका २३३ घर भत्किनेछन् । दुहबीबाहेक रानी विराटनगर हुँदै इटहरीदेखि धरानसम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । सर्वोच्च र उच्च अदालतको आदेशले सुनसरीको दुहबी खण्डको सडक निर्माण प्रभावित बनेको हो । दुहबी क्षेत्रमा ३ किलोमिटर सडक निर्माणको अहिलेसम्म ठेक्का समेत लाग्न सकेको छैन । पुस २६ गते आयोजनाले नगरपालिकालाई गरेको पत्राचारमा सडक मर्मत नहुँदा यात्रु लगायत स्थानीयले समेत सास्ती भोग्नुपरेको उल्लेख छ । बूढीखोलादेखि दुहबी बजारसम्म निर्माण स्थल खाली नहुँदा सडक विस्तार हुन नसकेको आयोजना कार्यालयले बताएको छ ।

६ लेन सडक निर्माण: थप म्याद पनि सकियो, काम सकिएन

सुदूरपश्चिम प्रदेशको महत्वपुर्ण आयोजनाको रुपमा रहेको दक्षिणतर्फ भारतको मुृख्य नाका गौरिफन्टा सँग जोडिएको धनगढी मोहना देखि अत्तरिया सम्मको ६ लेन सडक निर्माण दुई बर्षमा सिध्याउनु पर्नेमा आयोजना कार्यालय र ठेकदारको लापरवाहीले ४३ महिना बित्दा पनि सम्पन्न हुन सकेको छैन ।

व्यापारी र उपमहानगरको दबाबले ६ लेन सडक निर्माण रोकियो

व्यापारिक मार्गको रूपमा निर्माण भइरहेको रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माण विवादका कारण रोकिएको छ । इटहरी उपमहानगरपालिका र केही ठूला व्यापारीको असहयोगका कारण व्यापारिक मार्ग विस्तार कार्य रोकिएको हो ।