सभापति देउवाद्वारा घर-डेरामै सीमित रहेर पर्व मनाउन आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अनुरोध र अपील गर्नुभएको छ । उहाँले विजया दशमीका अवसरमा आज सन्देश दिई स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभ–कामना व्यक्त गर्दै कोभिड–१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न आग्रह गर्नुभएको छ । पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सांस्कृतिक पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिलसमेत गर्नुभएको छ ।

सम्बन्धित सामग्री

सामाजिक मित्रतामाथि ध्यान दिएर होली मनाउन ओलीको आग्रह

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक मित्रतामाथि ध्यान दिएर होली पर्व मनाउन आग्रह गरेका छन् । एमाले मधेश प्रदेश सम्पर्क कमिटीले शनिबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको होली मिलन कार्यक्रममा ओलीले अरुमाथि आघात नपुर्याई सामाजिक मित्रतामाथि ध्यान दिएर होली पर्व मनाउन आग्रह गरेका हुन् । उनले पछिल्लो समय होली पर्वका नाममा विकृति […]

अन्तर्राष्ट्रिय महिला दिवस व्यवस्थितरुपमा मनाउन मन्त्रालयको आग्रह

काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस भव्य र व्यवस्थितरुपमा मनाउन सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका लागि लगानीको सुनिश्चिततामा मद्दत पुग्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले साझा अभियानका रुपमा यो दिवसका रुपमा मनाउन […]

राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन प्रशासन कार्यालयको आग्रह

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले दीपावली, सरसफाइ र राष्ट्रिय झण्डा फहराउने सहितका कार्य गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन आग्रह गरेको छ।...

स्वास्थ्य मापदण्ड पालना गर्दै सोनाम ल्होसार मनाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले  जनस्वास्थ्य मापदण्डको पालना गर्दै पर्वहरु मनाउन आग्रह गरेका छन्।

कोरोनाबाट जोगिएर तिहार मनाउन खाेटाङ प्रशासनको आग्रह

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले कोभिड–१९ को सङ्क्रमणबाट जोगिएर तिहार मनाउन आग्रह गरेको छ ।  जिल्ला सुरक्षा समितिको आज बुधवार बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण फैलने खतरा रहेको भन्दै सामाजिक दुरी कायम गरेर र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर तिहार मनाउन आग्रह गरेको हो । बैठकलगत्तै जारी गरिएको सूचनामा कोभिड–१९ को महामारी तथा शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखी रातको ९ बजेदेखि बिहान ६ बजेसम्म देउसी/भैली जस्ता भिडभाडयुक्त कार्य नगर्न/नगराउन भनिएको छ ।  तिहारको समय...

कोभिड–१९ स्वास्थ्य मापदण्डभित्र रहेर चाडबाड मनाउन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वास्थ्य सतर्कतासहित दशैं तिहारजस्ता चाडबाड मनाउन आग्रह गरेको छ। प्रशासनले एक आदेश जारी गर्दै कोभिड–१९ को स्वास्थ्य मापदण्ड पालनासहित चाडबाड मनाउन आग्रह गरेको हो । कोभिड–१९ नियम...

चाडबाड सांकेतिक रूपमा मनाउन काठमाडौं प्रशासनको आग्रह

जोखिम कायमै रहेकाले  गाईजात्रा, जनैपूर्णिमा, ऋषितर्पणीलगायतका पर्व  स्वास्थ्य मापदण्ड पूरा गरी सांकेतिक रूपमा मनाउन प्रशासनले आग्रह गरेको हो ।

सांकेतिक रुपमा जनै पुर्णिमा र गाईजात्रा मनाउन आग्रह

काठमाडौं, ३ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनै पुर्णिमा र गाईजात्रा सांकेतिक रुपमा मनाउन आग्रह गरेको छ । बिहीवार (आज) सुचना जारी गर्दै कोभिड संक्रमण रहेकाले स्वास्थ्य प्रोटोकल पालना गरेर परम्परागत रुपमा संकेतिक तरिकाले मनाउन आग्रह गरेको हो । सरकारले गाईजात्रामा काठमाडौं उपत्यकाभित्र मात्र बिदा दिँदै आएको छ । काठमाडौंमा जारी निषेधाज्ञा खुकुलो गरेसँगै […]

जनैपूर्णिमा र गाईजात्रा स्वास्थ्य प्रोटोकल पालना गरी मनाउन आग्रह

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्णस्वास्थ्य प्रोटोकल पालना गरी जनैपूर्णिमा तथा ऋषितपर्णी र गाईजात्रा पर्व मनाउन आग्रह गरेको छ।बिहीबार एक सूचना जारी गरी जिल्ला प्रशासनले सर्वसाधारणलाई यस्तो आग्रह गरेको हो। पछिल्लो समय कोरोना संक्रमणदर बढेकाले पहिला जस्तैगरी पर्वहरू मनाउन नसकिएको सूचनामा उल्लेख छ।सूचनामा लेखिएको छ,‘पर्वहरू स्वास्थ्य प्रोटोकलको पूर्णपालना हुने गरी परम्परागत रुपमा सांकेतिक तवरले मनाउन हुन र भिडभाडजन्य गतिविधि नगर्न/नगराउनु हुन अनुरोध छ।’

जनैपूर्णिमा र गाईजात्रा सांकेतिकरुपमा मात्र मनाउन प्रशासनको आग्रह

काठमाडौंँ- काठमाडौँ जिल्ला प्रशासनले आसन्न जनैपूर्णिमा, गाइजात्रा र ऋषितर्पणी सांकेतिकरुपमा मात्र मनाउन आग्रह गरेको छ। कोरोना महामारी दिनदिनै बढ्दै गएको भन्दै प्रशासनले यी पर्व सांकेतिकरुपमा मात्र मनाउन आग्रह गरेको हो। स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरि परम्परागत रुपमा सांकेतिक तवरले मनाउन र भिडभाडजन्य गतिविधी नगर्न आग्रह गरिएको छ।