कोरोनाबाट जोगिएर तिहार मनाउन खाेटाङ प्रशासनको आग्रह

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले कोभिड–१९ को सङ्क्रमणबाट जोगिएर तिहार मनाउन आग्रह गरेको छ ।  जिल्ला सुरक्षा समितिको आज बुधवार बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण फैलने खतरा रहेको भन्दै सामाजिक दुरी कायम गरेर र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर तिहार मनाउन आग्रह गरेको हो । बैठकलगत्तै जारी गरिएको सूचनामा कोभिड–१९ को महामारी तथा शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखी रातको ९ बजेदेखि बिहान ६ बजेसम्म देउसी/भैली जस्ता भिडभाडयुक्त कार्य नगर्न/नगराउन भनिएको छ ।  तिहारको समय...