जनैपूर्णिमा र गाईजात्रा सांकेतिकरुपमा मात्र मनाउन प्रशासनको आग्रह

काठमाडौंँ- काठमाडौँ जिल्ला प्रशासनले आसन्न जनैपूर्णिमा, गाइजात्रा र ऋषितर्पणी सांकेतिकरुपमा मात्र मनाउन आग्रह गरेको छ। कोरोना महामारी दिनदिनै बढ्दै गएको भन्दै प्रशासनले यी पर्व सांकेतिकरुपमा मात्र मनाउन आग्रह गरेको हो। स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरि परम्परागत रुपमा सांकेतिक तवरले मनाउन र भिडभाडजन्य गतिविधी नगर्न आग्रह गरिएको छ।

सम्बन्धित सामग्री

जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रूपमा मनाउन काठमाडौं जिल्ला प्रशासनको आग्रह

काठमाडौँ– कोरोना भाइरस संक्रमण बढेका कारण जनैपूर्णिमा र गाईजात्रामा स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्दै सांकेतिक रुपमा मात्र मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बिहीबार सूचना जारी गर्दै जनैपूर्णिमा, गाईजात्रालगायतका पर्वहरूमा स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गर्दै सांकेतिक रूपमा मात्रै मनाउन आग्रह गरेका हुन्। त्यसैगरी नजिकिएको पर्वमा भिडभाडजन्य […]

जनैपूर्णिमा र गाईजात्रा भीडभाड नगर्न प्रशासनको आग्रह

धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमा र गाईजात्रा संकेतिक रुपमा मात्रै मनाउन र भीडभाड नगर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आग्रह गरेका छन् ।