चितवन। चितवन नयाँ मेडिकल कलेजले कोरोना संक्रमित बाहेकका बिरामीलाई छुट्याएको वार्डलाई बिरामी नभएको अवस्थामा आइसोलेसनको रुपमा प्रयोग गर्ने भएको छ। यतिबेला अन्य रोगका बिरामीको चाप कम भएकाले खाली वार्डको सदुपयोग गरेको डा. पारस अधिकारीले बताए। हाल मेडिकल कलेजमा ९० जना कोरोना संक्रमित भर्ना भएका छन्। २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ।