प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध एआइजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा असार ५ गतेको पेसीमा राखिएको छ । सोमबार सर्वोच्च अदालतले उक्त मुद्दा हेर्दाहेर्दैमा राखेर असार ५ गते सुनुवाइको मिति तोकेको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा.कुमार चुडालको पूर्ण इजलासमा परेको उक्त मुद्दाको सुनुवाइ नसकिएपछि असार ५ गतेका लागि हेर्दाहेर्दैमा राखिएको हो । प्रहरी महानिरीक्षक नियुक्ति विरुद्धको उक्त रिटमाथि सुनुवाइ गरेका पक्ष र विपक्षका कानुन व्यवसायीहरुले बहसका लागि थप समय माग गरे