कोरोना महामारीको तेस्रो लहरले अर्थतन्त्र पुनः धरासायी हुनसक्ने भन्दै निजी क्षेत्र चिन्तित बनेको छ ।
कोरोना महामारीको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणका लागि अपनाउने उपाय अर्थतन्त्र पुनः धरासायी नहुने गरी खोज्न पनि निजी क्षेत्रले आग्रह गरेको छ ।
महामारीको पहिलो लहरकै कारण दुई वर्षदेखि थलिएका व्यवसायी तंग्रिनसकेको अवस्थामा फेरि लकडाउन गर्नेतर्फ जान नहुने व्यवसायीको सुझाव छ ।
सरकारले यसअघि महामारी पीडितलाई दिने भनेको आर्थिक सहायता, व्यवसाय उत्थानका प्याकेज र अर्थतन्त्र पुनरुत्थानका लागि गर्नुपर्ने सबै काम प्रभावक...