नेपालबाहिरबाट सञ्चालित विद्युतीय सेवा प्रदायकहरूले नेपालमा गर्ने कारोबारको अब कर तिर्नुपर्ने भएको छ । सरकारले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि, २०७९ जारी गर्दै यस्ता सेवाप्रदायकलाई १ साउन आइतबारदेखि अनिवार्य रुपमा करको दायरामा आउनुपर्ने प्रावधान ल्याएको हो । यससँगै नेपालमा दर्ता नभई व्यवसाय गरिरहेका विद्युतीय सेवाप्रदायकहरू युट्युब, फेसबुक, नेटफ्लिक्स लगायत कम्पनीहरू करको दायरामा […]