जनकपुरधाम – नेपाली कांग्रेस धनुषाको सभापतिमा क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियारले उम्मेदवारी दिने भएका छन्। कांग्रेस नेता विमलेन्द्र निधिको समूहबाट पजियारले उम्मेदवारी दिन लागेका हुन्। माघ १५ गते हुने जिल्ला अधिवेशनमा धनुषा सभापतिका लागि पजियारलाई कांग्रेस प्रदेश २ का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले प्रस्ताव गरेका छन् भने जिल्ला सभापति महेशशंकर […]