धनुषा कांग्रेस सभापतिमा कोइराला समूहबाट प्रसैला उम्मेदवार

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको सभापतिमा शेखर कोइराला समूहबाट दिनेश प्रसैला ‘यादव’ले उम्मेदवारी घोषणा गरेका छन् । जनकपुरधाममा पत्रकार सम्मेलन गरेर प्रसैलाले कांग्रेस जिल्ला सभापतिमा उम्मेदवारी दिने बताए । उनी शेखर कोइरालाको आधिकारिक उम्मेदवार भएको कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले घोषणा गरे । प्रसैला पूर्वसांसद हुन् । उनले जिल्ला सभापतिमा जित्ने दाबी सहमहामन्त्री पाण्डेले गरेका छन् […]