नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले यसपटक सभापतिमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरिसकेका छन् । मङ्सिर २४–२७ गतेसम्म हुने महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका उपसभापति निधिको चर्चा मधेसमा सबैभन्दा बढी भइरहेको छ ।२०७४ को प्रतिनिधिसभा चुनावमा धनुषा–३ बाट पराजित निधि यसपटक पार्टीकै सभापतिमा नै उम्मेदवारी घोषणा गर्नुले मधेसमा काँग्रेसको राजनीतिलाई तताएको छ । शेरबहादुर देउवाले पुन: सभापतिमा दोहोरिन चाहेपछि उपभापति निधिले विद्रोह गरेका हुन् । योसँगै सं