डढेलो रोकथाम गर्न पूर्वतयारी

वन डढेलो रोकथामका लागि तनहुँमा विशेष अभियान सुरु गरिएको छ । यस जिल्लाका अधिकांश वन डढेलो उच्च जोखिममा रहेकाले डिभिजन वन कार्यालयले विशेष अभियान सञ्चालन गरिएको हो । वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्न चैत १ देखि ७ सम्म वन डढेलो सचेतना सप्ताह कार्यक्रम सञ्चालन गरिएको हो । डिभिजन वन कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले सुक्खायाममा मानवीय कारणबाट हुने डढेलो रोक्न सचेतना अभियान सञ्चालन गरिएको बताउनुभयो । सो कार्यक्रम अन्तर्गत गाउँ गाउँमा सचेतना सामग्री वितरण, माइकिङ, रेडियोबाट सूचना सामग्री प्रसारण, पोस्टर टाँस्ने, फायरलाइन रेखा सफा गर्ने, डेमो गराउने, पातपतिङ्गर हटाउने तथा जलाउनेलगायतका कार्य गरिएका छन् ।

सम्बन्धित सामग्री

विपद् रोकथाम तथा उद्धारका लागि विभिन्न ११ ठाउँमा पूर्वतयारी सामग्री व्यवस्थापन

काठमाण्डाै - मनसुनजन्य बाढीपहिरो तथा अन्य विपद्का लागि सरकारले देशभरका मुख्य ११ ठाउँमा पूर्वतयारी सामग्री व्यवस्थापन गरेको छ । विपदमा आवश्यक खोज, उद्धार तथा पुनर्स्थापना र राहतका लागि आवश्यक पूर्वतयारी गरेको गृह मन्त्रालयले जनाएको हाे । उद्धार तथा राहत व्यवस्थापनका लागि काठमाण्डौ, विराटनगर, वीरगञ्ज, भैरहवा, सुर्खेत, नेपालगञ्ज, धनगढी, तेह्रथुम, महोत्तरी, बैतडी र जुम्ला गरी ११ ठाउँमा यो तयारी गरिएको गृह मन्त्रालयले जनाएको छ । यी मानवीय सहायतास्थलबाट आवश्यक क्षेत्रमा राहत पुर्याइनेछ । विभिन्न ११ ठाउँमा पाँच हजारभन्दा ...

नयाँ भेरियन्ट ‘ओमिक्रोन’बारे छलफल गर्न सीसीएमसीसीको बैठक बस्दै

सरकारले कोरोनाभाइरस (कोभिड­– १९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि उच्च सतर्कता अपनाउने भएको छ । दक्षिण अफ्रिकामा देखिएको कोरोना नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को रोकथाम लागि पूर्वतयारी गर्न बिहान ११ बजे अर्थात् अहिले केहिबेरमा कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समितिको बैठक बस्न लागेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।सीसीमसीसीको साप्ताहिक बैठकमा कोरोनाको नयाँ भेरिन्ट संक्रमण हुनबाट कसरी सकता अपनाउने बारे छलफल हुने उनले बताइन् ।बैठकमा सीमा नाकामा

डब्लुएचओको क्षेत्रीय बैठक नेपालमा

बैठकमा सार्वजनिक स्वास्थ्य आपत्कालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गतिदिने र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलनलगायत विषयमा छलफल हुनेछ।

स्वाथ्य मापदण्ड पालनामा गम्भीर हुन विज्ञको सुझाव

काठमाडौँ । कोभिडको महामारीबाट जोगिन सरकारले लागू गरेका जनस्वास्थ्यका मापदण्ड गम्भीररूपमा पालना गर्न विज्ञले सुझाएका छन् । उनीहरूले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा हेलचक्य्राइँ गरे एक महिनामा नै सङ्क्रमणको तेस्रो लहर आउने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आज आयोजित ‘कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरको सम्भावना, सरकारको पूर्वतयारी’ विषयक अन्तक्र्रियामा जनस्वास्थ्यका विज्ञले अहिले स्वास्थ्यकामा मापदण्ड […]

बाँकेमा कोरोना महामारीको तेस्रो लहरविरुद्धको पूर्वतयारी

बाँके। कोरोना महामारीको पहिलो र दोस्रो लहरको शुरुवातमै हटस्पट बनेको बाँकेमा तेस्रो लहरको पूर्वतयारी शुरु भएको छ। यहाँका स्थानीय तहहरु यतिबेला तेस्रो लहरमा कोरोना संक्रमण तीव्र रुपमा फैलिनसक्ने भएकाले त्यसको रोकथाम तथा प्रतिकार्यका लागि पूर्वतयारी गरिरहेका छन्। बाँकेमा अहिले काोरोना सङ्क्रमण र मृत्युदर ह्वात्तै घटेपनि पुनः तेस्रो लहरको महामारी फैलिन सक्ने भएकाले आवश्यक पूर्वतयारी शुरु गरिएको खजुरा गाउँपालिकाकाले जनाएको छ।

सोलुदूधकुण्ड-२ : कोरोना नियन्त्रण गर्न सफल उदाहरणीय वडा

सोलुखुम्बु : कोरोना रोकथाम तथा नियन्त्रणमा जुट्न  स्थानीय तहहरूलाई मुस्किल परिरहेको बेला सोलुदूधकुण्ड नगरपालिका–२ मा भने मजबुत पूर्वतयारी भएको छ।कोभिड–१९ रोकथाम तथा नियन्त्रणको पूर्वतयारीमा आफूहरू मजबुत ढंगले बसेको वडा अध्यक्ष मिङ्‌मार दोर्जी शेर्पाले बताए। उनका अनुसार अब स्वाब संकलनदेखि बिरामीको उद्धार तथा तत्काल गरिने उपचारको लागि वडाभित्र कुनै समस्या हुनेछैन। हाल उक्त वडामा पीसीआर परीक्षण गर्न स्वाब संकलन निम्ति चाहिने २५० र एन्टिजेनका लागि

पर्याप्त छैन कोभिड नियन्त्रणको पूर्वतयारी

– पूर्णप्रसाद न्यौपाने ओखलढु्ङ्गा, १७ वैशाख : कोरोना सङ्क्रमण रोकथामका जिल्लामा आवश्यक पूर्वतयारी पर्याप्त नभएको पाइएको छ । महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण दिनानुदिन बढिरहेको भए पनि जिल्लामा सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पूर्वतयारी पर्याप्त नभएको पाइएको हो । शहरमा निशेधाज्ञा शुरु भएपछि हजारौँ मानिस जिल्ला भित्रिएका छन् । नवप्रवेशीको सामान्य स्वास्थ्य परीक्षण गरिएको छैन […]

कोरोना रोकथाम तथा नियन्त्रणको पूर्वतयारी फितलो

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका दृष्टिले प्रदेश १ मा पूर्वतयारी निकै फितलो देखिएको छ ।भारतमा गत महिनादेखि नै कोरोना संक्रमण उत्कर्षमा पुगेको भए पनि सीमा व्यवस्थित गर्ने, नाकामा आवत–जावतमा कडाइ गर्ने तथा होल्डिङ सेन्टर बनाएर चेकजाँच गरेरमात्र पठाउने काममा अहिलेसम्म प्रदेश सरकार उदासिन रहँदै आएको हो । प्रदेश सरकारले बल्ल सीमावर्ती क्षेत्रमा होल्डिङ सेन्टर बनाउने सुरसार गर्दैछ ।भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएको लामो समय भइसकेको छ । विभिन्न भारतीय सहरमा निषेधाज्ञा तथा रात्रिकाली