गृहमन्त्री खगराज अधिकारीले विपत व्यवस्थापन, कोभिड १९ रोकथाम तथा न्युनिकरण र शान्ति सुरक्षाको सम्बन्धमा सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुसँग छलफल गरेका छन् ।
मन्त्री अधिकारीले आइतबार सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुसँग गृहमन्त्रालयमा मनसुन पूर्वतयारी र यसको व्यवस्थापनको सम्बन्धमा, शान्ति सुरक्षा र कोभिड – १९ को व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि छलफल गरेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए ।
छलफलका क्रममा मन्त्रीहरुले विपत प्रतिकार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ र छिटो उद्धार ...